Logo

सिभिल बैंकले सुरु गर्यो सगरमाथा बचत खाता, बार्षिक १० प्रतिशत ब्याज

सिभिल बैंकले सुरु गर्यो सगरमाथा बचत खाता, बार्षिक १० प्रतिशत ब्याज


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । सिभिल बैंकले बढी ब्याजदर पाइने बचत खाता योजना ‘सगरमाथा बचत खाता’ को सुरुवात गरेको छ । बैंकले उक्त बचत खातामा बार्षित १० प्रतिशत दिनेछ ।

न्यूनतम मौज्दात १ हजार रुपैयाँ रहेको यस बचत खातामा ग्राहकहरुका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, चेक बुक लगायतका सुबिधा रहेको बैंकले जानकारी दिएको छ ।

यसका साथै एसएमएस बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छूटका साथै ५ लाख सम्मको दूर्घटना, मृत्यु तथा अपाङ्गताको निःशुल्क बीमाको ब्यवस्था गरिएको बैंकद्वारा विज्ञाप्तिमा उल्लेख छ ।

हाल सर्वोच्च ब्याज दरका साथै अन्य बैंकिङ सेवामा बिशेष छूट सहितको उक्त बचत खाताबाट ग्राहकहरु लाभान्वित हुने कुरा बैैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले बताए ।
आगामी दिनमा ग्राहकहरुलाई थप यस्तै आकर्षक सेवा तथा योजनाहरु प्रदान गर्दै जाने बैंकले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL