Logo

राप्ती भेरी प्राप्ती पश्चात ज्योतिको एकिकृत कारोबार, चुक्ता पूँजी २ अर्ब ३६ करोड

राप्ती भेरी प्राप्ती पश्चात ज्योतिको एकिकृत कारोबार, चुक्ता पूँजी २ अर्ब ३६ करोड


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । ज्योति विकास बैंकले क्षेत्रिय स्तरको राप्ती भेरी विकास बैंकलाई प्राप्ती गरी एकिकृत कारोबार शुरु गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवि नेपालले एकिकृत कारोबारको शुभारम्भ गरेका हुन् ।

ज्योति विकास बैंक लिमिटेड नेपाल राष्ट्र बैंकको नीति अनुरुप चुक्ता पूँजी पुर्याउन झिमरुक विकास बैंक र राप्तीभेरी विकास बैंक प्राप्ती गरिसकेको छ ।
राप्ती भेरी प्राप्ति पश्चात् ज्योति विकास बैंकको चुक्ता पूँजी २ अर्ब ३६ करोड पुगेको छ ।

यसैगरी बैंकको कुल निक्षेप १२ अर्व ४० करोड रुपैयाँ र कर्जा लगानी १० अर्व ३० करोड रुपैयाँ पुगेको छ । हालसम्म बैंकहको शाखा संख्या ४६ तथा ग्राहक संख्या १ लाख ४० हजार भन्दा बढि पुगेको छ ।

बैंकले आर्थिक वर्ष २०७३÷७४ को मुनाफाबाट वोनस सेयर दिएर राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउने भएको छ । बैंकले देशव्यापी रुपमा शाखा सञ्जाल विस्तार गर्ने लक्ष्य अनुरुप तत्काल १० वटा शाखा विस्तार गर्ने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL