Logo

एक्सेल डेभलपमेन्ट बैंकले दियो ३० प्रतिशत बोनस सेयर

एक्सेल डेभलपमेन्ट बैंकले दियो ३० प्रतिशत बोनस सेयर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले आफ्ना लगानीकर्तालाई ३० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको हिजो बसेको संचालक समितिको बैंठकले उक्त निर्णय गरेको हो ।

निर्णय अनुसार बैंकले आर्थिक बर्ष २०७३/७४ को नाफाबाट आफ्ना सेयरधनीलाई ३० दशमलव १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांस दिन लागेको हो ।

एक्सेलले उक्त बोनस स्वीकृतिका लागि केही समयभित्रै नेपाल राष्ट्र बैंकमा पठाउने भएको छ । राष्ट्र बैंकबाट स्वीकृत भएलगत्तै बैंकको आगामी दिनमा बस्ने साधारणसभाबाट पारित गराएर सेयरधनीलाई वितरण गरिने कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL