Logo

महालक्ष्मीको नाफा ९४ प्रतिशतले बढ्यो, ब्याज आम्दानी र खराब कर्जा उठौतीमा सुधार

महालक्ष्मीको नाफा ९४ प्रतिशतले बढ्यो, ब्याज आम्दानी र खराब कर्जा उठौतीमा सुधार


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । महालक्ष्मी विसका बैंकको नाफा ९४ दशमलब ४४ प्रतिशतले बढाएको छ । महाक्ष्मीले आर्थिक बर्ष २०७३/७४ मा आफ्नो नाफामा उच्च बृद्धि गर्दै ७० करोड ९१ लाख रुपैयाँ आर्जन गरेको छ । बैंकले आब २०७२÷७३ मा ३६ करोड रुपैयामा खुद नाफा आर्जन गरेको थियो ।

हाल बैंकको चुक्ता पूँजी २ अर्ब ६३ करोड छ भने जगेडा कोषमा १ अर्ब ७ करोड रुपैंयाँ रहेको छ ।

हालसम्म महालक्ष्मीले २५ अर्ब १३ करोड निक्षेप संकलन गरी २० अर्ब ७१ करोड कर्जा प्रबाह गरेको छ । सो अबधिमा बैंकले ब्याज आम्दानीमा बृद्धि गर्दै २ अर्ब ७७ करोड रुपैयाँ कमाएको छ । सो अबधिमा बैंकले ५५ करोड रुपैंयाँ राइट ब्याक गरेको छ । सोही अनुरुप बबैंकको खराब कर्जा कुल कर्जा प्रबाहको ४ दशमलब १४ प्रतिशतबाट घटेर ३ दशमलब ६३ प्रतिशतमा झरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL