Logo

सेञ्चुरीको विशेष साधारणसभाबाट सगरमाथा गाभ्ने प्रस्ताव पारित, यस्तो छ सेयर स्वाप रेसियो

सेञ्चुरीको विशेष साधारणसभाबाट सगरमाथा गाभ्ने प्रस्ताव पारित, यस्तो छ सेयर स्वाप रेसियो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको विषेश साधारणसभाले सगरमाथा फाइनानस प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको आज भएको विशेष साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

सेञ्चुरी बैंक संचालक समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्मन्न सो साधारणसभाले सगरमाथा फाइनान्स लिमिटेडलाई प्राप्ती गर्नलाई स्वीकृति प्रदान गरेको हो । बैंकले सगरमाथा खरिदका लािग सेयर स्वाप रेसियो समेत टुङ्गो लगाइसकेको छ ।

प्राप्ती गर्दा सेञ्चुरीको १ सय कित्ता सेयर बराबर सगरमाथाको ९५ कित्ता सेयर कायम हुनेछ । सगरमाथा फाइनान्स प्राप्ती गर्दा बैंकमा ७४ करोड रुपैयाँ चुक्ता पूँजी थपिने छ । हाल सेञ्चुरीको चुक्ता पूँजी ४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ ।

बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार यही असार मसान्तसम्म ८ अर्ब चुक्ता पूँजी पुर्याउन ४० प्रतिशत हकप्रद सेयरका लागि आब्हान पत्र दर्ता गरिसकेको छ ।

सैगरी अल्पाइन र सेती फाइनान्सको प्राप्तीको लागि समेत अन्तिम सम्झौता भएको छ । यी दुई संस्था प्राप्तीब।ट बैंकलाई ५० करोड रुपैयाँ चुक्ता पूँजी थपिनेछ । यी संस्थाहरु प्राप्ती पश्चात बैंकको कुल शाखा ९० वटा हुने छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL