Logo

बुटवलको देबीनगरमा भिबोरले खोल्यो नयाँ शाखा, शुक्रबारदेखि सञ्चालनमा

बुटवलको देबीनगरमा भिबोरले खोल्यो नयाँ शाखा, शुक्रबारदेखि सञ्चालनमा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले रुपन्देहीको बुटवल उपमहानगरपालिका देवीनगरमा आफनो ४५ औं शाखा कार्यालय स्थापना गरेको छ ।

शुक्रबार एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन बिभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले शाखाको उद्दघाटन गरे । कार्यक्रममा बैंकका अध्यक्ष सुशिलराज पराजुली, प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाललगायत उपस्थित थिए ।

त्यस क्षेत्रमा रहेका जनतामा सरल र सहज बैकिङ पहँुचको उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याइएको हो।

यस बैंकले आफनो शाखा कार्यालयहरुबाट विभिन्न प्रकारको निक्षेप तथा कर्जासुविधाका साथै एबिबिएस, लकरलगायत सेवाहरु उपलब्ध गराउँदै आएको छ । बैंकको कुल ४५ वटा शाखा पुग्यो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL