Logo

कैलाश विकास बैंकको अध्यक्षमा पौडेल र सीईओमा श्रेष्ठ, ८ वर्षे कार्यकालले हटे पुराना

कैलाश विकास बैंकको अध्यक्षमा पौडेल र सीईओमा श्रेष्ठ, ८ वर्षे कार्यकालले हटे पुराना


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कैलास विकास बैंकको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत दुबै फेरिएका छन् । बैंकको अध्यक्षमा नारायणप्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृतमा अमृतचरण श्रेष्ठलाई नियुक्त गरिएको छ ।

यस अघिका अध्यक्ष राजेन्द्र गिरी र प्रमुख कार्यकारी अधिकृतमा कृष्णराज लामिछानेलाई हटाउँदै दुबै पदमा नयाँ नियुक्ती गरिएको हो । अध्यक्ष नियुक्त सम्बन्धमा अदालतमा मुद्दा परेपछि उनीहरु दुबै जना ८ वर्षे कार्यकालका हटेका हुन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ (बाफिया) ले अबका दिनमा अध्यक्ष वा सीईओ २ कार्यकाल भन्दा बढी बस्न नपाउने निर्णय गरेपनि अदालती प्रक्रियाका कारण उनीहरु हट्न परेको हो । गिरीले तेस्रो कार्यकालका लागि अध्यक्ष बन्न लाग्दा अदालतले उनको विपक्षमा निर्णय गरेपछि उनी हटेका हुन् । हाल डेभलपमेन्ट बैंकर्श संघका अध्यक्ष लामिछानेलाई पनि ८ वर्षे कार्यकालकै कारण म्याद नथपिएको हो ।

बैंक संचालक समितिले सीईओ श्रेष्ठलाई ४ वर्षे कार्याकालको लागि नियुक्त गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL