Logo

सनराइजको ढल्को शाखा खुसिबुमा स्थानान्तरण, बैशाख २७सम्म लकरको भाडामा ५०% छुट

सनराइजको ढल्को शाखा खुसिबुमा स्थानान्तरण, बैशाख २७सम्म लकरको भाडामा ५०% छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सनराइज बैंक लिमिटेडले काठमाडौंको ढल्कोमा रहेको शाखालाई खुसिबुमा स्थानान्तरण गरेको छ । सो शाखा कार्यालयको आइतबार एक कार्यक्रमवीच नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले गरे ।

सो अवसरमा बैंकका संचालक तथा प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिती थियो । बैंकले अत्याधुनिक बैंकिङ सेवालगायत छिटो र सुलभ सेवा ग्राहकहरू समक्ष पुर्याउने उद्देश्यले उक्त शाखा स्थानान्तरण गरेको हो । सो शाखाबाट ग्राहकहरुलाई लकर सेवा समेत उपलब्ध गराइएको छ । नयाँ शाखा उद्घाटनको अवसरमा बैंकको सो शाखामा २०७४ बैशाख २७ गते सम्म लकरको वार्षिक भाडा दरमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

हाल सन्राइज बैंक लिमिटेडले ६८ वटा शाखा र ७७ वटा एटिएमद्वारा ग्राहकहरुलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले निकट भविष्यमा काठमाण्डौंको घट्टेकुलो, झापाको बुधबारे, सुर्खेतको विरेन्द«नगर तथा मकवानपुरको हेटौडामा शाखा स्थापना गर्ने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL