Logo

सिटिजन्स बैंकले पायो हकप्रद निष्काशनको स्वीकृति, १ करोड ३८ लाख कित्ता सेयर थपिने

सिटिजन्स बैंकले पायो हकप्रद निष्काशनको स्वीकृति, १ करोड ३८ लाख कित्ता सेयर थपिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । धितोपत्र बोर्डले सिटिजन्स बैंकल इन्टरनेशनले जारी गर्न लागेको हकप्रद सेयरको लागि स्वीकृति प्रदान गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन तथा बैंककोे दशौं वार्षिक साधारण सभावाट पारित गराएर २५ प्रतिशत हकप्रद जारीको लागि बोर्ड समक्ष निवेदन पेश गरेको थियो ।

बोर्डले स्वीकृति दिएसँगै बैंकले आफ्ना सेयरधनीका लागि १ करोड ३८ लाख ४३ हजार ३ सय ७९ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । बैंकले पुस १४ गते हकप्रद स्वीकृतिका लागि बोर्डमा आवेदन दिएको थियो । उक्त निवेदन अनुरुप बोर्डले आज स्वीकृति प्रदान गरेको हो ।

नेपाल राष्ट्र बैंकले ल्याएको पूँजी बृद्धि योजना अनुरुप सिटिजन्स बैंकले हकप्रद सेयर जारी गर्न लागेको हो । हाल बैंकको चुक्ता पूँजी ५ अर्व ५३ करोड ७३ लाख ५१ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर जारीसँगै बैंकको चुक्ता पूँजी ६ अर्ब ९२ करोड १६ लाख ८९ हजार ७ सय पुग्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL