Logo

वाणिज्य बैंक र एनआईडीसीको मर्जर मन्त्रिपरिषद्बाट, मर्जर प्रस्तावमा अर्थमन्त्रीले गरे हस्ताक्षर

वाणिज्य बैंक र एनआईडीसीको मर्जर मन्त्रिपरिषद्बाट, मर्जर प्रस्तावमा अर्थमन्त्रीले गरे हस्ताक्षर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक र एनआईडीसी डेभलमपेन्ट बैंकको मर्जरको टुङ्गो मन्त्रिपरिषद्ले लगाउने भएको छ । हाल मर्जर सम्बन्धी प्रक्रिया अन्तिम चरणमा पुगेको हुँदा अब मन्त्रिपरिषद्बाटै टुङ्गो लगाइने उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले बताए ।

‘दुवै संस्थाको मर्जर सम्बन्धी प्रस्तावमा मैले हस्ताक्षर गरिसके,’ राष्ट्रिय वाणिज्य बैंकको ५२ औ वार्षिकोत्स समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘अब यी दुई संस्थाको मर्जर प्रस्तावलाई मन्त्रिपरिषद्मा प्रस्तुत गरिनेछ ।’

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक संचालकहरुको मनोमानीले गर्दा बैंक तथा वित्तीय संस्थाले लक्ष्य अनुरुप प्रगति गर्न नसकेको बताए । ‘अहिले बैंक तथा वित्तीय संस्थाका संचालकहरु आफुलाई अर्बपतिको सुचिमा राख्छन्,’ उनले भने, ‘तर, राष्ट्र बैंकले तोके अनुरुप बैंकको चुक्ता पूँजी पुर्याउन सक्दैनन् ।’ बैंक संचालकहरुले आफ्नो चाहना अनुरुप अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह गर्दा बैंक वित्तीय संस्था समस्यामा पर्ने गरेको समेत उनको आरोप थियो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले अब राष्ट्रिय बाणिज्य बैंकले मर्चेण्ट बैंकिङ सम्बन्धी कारोवार गर्ने बताए । जसको लागि सहायक कम्पनीको रुपमा आरबीबी मर्चेण्ट बैंकिङ खोल्ने निर्णय गरिएको उनको भनाइ थियो । ५२ औं वार्षिकोत्सवको अवसरमा बैंकले भद्धकालिस्थित प्रधानकार्यालयबाट पनि काउण्टर सेवा शुरु गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL