Logo

यती डेभलपमेन्ट बैंकको आकर्षक कर्जा योजना, १ करोडसम्मको कर्जा सजीलै प्राप्त गर्न सकिने

यती डेभलपमेन्ट बैंकको आकर्षक कर्जा योजना, १ करोडसम्मको कर्जा सजीलै प्राप्त गर्न सकिने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । यती डेभलपमेण्ट बैंकले यती सजीलो कर्जा तथा यती घर कर्जा योजनाहरु आकर्षक ब्याजदरमा प्रस्तुत गरेको छ । साना तथा मझौला ब्यापार व्यबसायलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सो योजना ल्याएको हो । यती सजीलो कर्जा अन्तर्गत ब्यबसायीहरुले अधिकतम रु १ करोड सम्मको कर्जा सजीलै प्राप्त गर्न सक्ने छन् ।

उक्त कर्जा लिन चाहने ब्यबसायीहरुले ओभरड्राफ्ट, १० बर्ष सम्मको किस्ताबन्दी वा दुबै सुबिधा ९ दशमलव ९९ प्रतिशत देखि १० दशमलव ९९ प्रतिशत सम्ममा उपभोग गर्न सक्ने बताएको छ ।

त्यसैगरी यती घर कर्जा अन्तर्गत घर, अपार्टमेण्ट तथा जग्गा खरीद गर्न र घर निर्माण तथा मर्मत गर्नको लागी रु १ करोड सम्मको कर्जा ग्राहकरुले न्यूनतम ९ दशमलव ९९ देखि २० बर्ष सम्मको अबधीको लागी प्राप्त गर्न सक्ने छन् ।

आवश्यक कागजात पुरा भएको ३ कार्य दिनमा नै उक्त कर्जाहरु प्रदान गर्ने बैंकले प्रतीबद्धता ब्यक्त गरेको छ । बैंकले २०७३ पौष मषान्त सम्ममा रु १२ अर्ब ०६ करोड निक्षेप तथा रु १० अर्ब ०८ करोड कर्जा परीचालन गर्न सफल भएको छ ।

२०७४ आषढ मषान्त सम्ममा चुक्ता पूंजी रु २ अर्ब ५० करोड पुर्याउने शिलशिलामा २ः१ का दरले हकप्रद शेयर निष्काशन प्रक्रिया लगभग अन्तिम चरणमा पुगीसको बैंकले जनाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL