Logo

मेगा बैंकले गर्यो लाभांश घोषणा, १२.०७ प्रतिशत बोनस सेयर वितरण गर्ने

काठमाडौं । मेगा बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.०७ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।