काठमाडौं । नेपालले पहिलो पटक भारतमा सिमेन्ट निर्यात गरेपछि नेपाली सिमेन्ट उद्योगहरु उत्साहित भएका छन् । शुक्रबार नेपाली सिमेन्ट कम्पनी पाल्पा सिमेन्टले तीन हजार बोराको पहिलो खेप उत्तर प्रदेशसँग सीमा जोडिएको चेकपोस्ट हुँदै भारत निर्यात गरेको थियो । नवलपरासीमा रहेको पाल्पा सिमेन्ट उद्योगले शुक्रबार इतिहासमै पहिलो पटक सुनौली नाकाबाट सिमेन्टको पहिलो खेप भारत पठाएको छ…