Logo

हक्की खेलाडीलाई सचिवालयको सम्मान, उच्च क्षेत्रमा खेलिने खेलको प्रचार गर्न हाल्लीडेको सुझाव

हक्की खेलाडीलाई सचिवालयको सम्मान, उच्च क्षेत्रमा खेलिने खेलको प्रचार गर्न हाल्लीडेको सुझाव



काठमाडौं । वेलायती हक्की खेलाडीहरुले मनाङ र मुस्ताङको सिमाना थोरोङलापासमा हक्की खेल प्रदर्शन गरेका छन । उनीहरुले विश्व रेकर्डका लागि उच्च हिमाली क्षेत्रमा हक्की खेल खेलेको बताएका छन ।

हक्की संघका उपाध्यक्ष मनिस झाले भने उनीहरु नेपाल आउँदै गरेको जानकारी पाए पनि त्यसको प्रचार प्रसार नगरेको बताएका छन । तर ती खेलाडीहरुले भने नेपालको कुनै पनि संघ संस्थासँग सहकार्य नगरेको जानकारी दिएका छन ।

२५ सदस्यिय उक्त टोलीले ५ हजार १९ मिटर माथी हक्की खेलेर नयाँ विश्व किर्तिमान बनाएको राष्ट्रिय इङ्लिस हक्की टिमका सदस्य तथा प्रवन्धक एण्डी हाल्लीडेले भ्रमण बर्ष सचिवालयमा भएको एक कार्यक्रममा जानकारी दिएका छन ।

भ्रमण वर्ष सचिवालयले विश्वकिर्तिमान कायम गर्न नेपाल आएको भन्दै उक्त टोलीलाई सम्मान गरेको छ । हक्की खेलकै माध्यमबाट विश्व किर्तिमान कायम राख्न नेपाल आएको उक्त टोलीलाई सचिवालयले आईतबार सम्मान गरेको हो ।

नेपालमा उच्च क्षेत्रहरु प्रशस्त रहेको र त्यस क्षेत्रहरुमा उचाईमा खेलिने खेलकुदको सम्भावना धेरै भएकाले त्यस्ता क्षेत्रको उचित प्रचार प्रसार गर्नसके नेपालले त्यस किसिमका खेल पारखीहरुलाई नेपालतर्फ आकर्षित गर्नसक्ने हाल्लीडेले जानकारी दिएका छन ।

हालै नेपालका उच्च भेग, जुम्ला, मनाङ्ग, सोलुखुम्बु जस्ता उच्च क्षेत्रमा बनिरहेका उच्च क्षेत्रमा खेलिने खेलकुद तालिम केन्द्रहरुले समेत सो भेगमा खेल्न मिल्ने खेल हक्कि, म्याराथन, आर्चरी जस्ता खेल खेल्न र हेर्न रुचाउने खेलाडी, खेलप्रेमी तथा अन्य पर्यटकहरुलाई आकर्षित गर्दै नेपाल भ्रमणमा आउने पर्यटकको संख्या वृद्धि गर्न सहयोग पुर्याएको चिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL