Logo

विदेशी पर्यटकले नेपालमा गर्ने खर्च बढ्यो, ११ महिनामा भित्रियोे ६८ अर्ब

विदेशी पर्यटकले नेपालमा गर्ने खर्च बढ्यो, ११ महिनामा भित्रियोे ६८ अर्ब



काठमाडौं । पछिल्लो समय विदेशी पर्यटकले नेपालमा आएर गर्ने खर्चमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक बर्ष २०७५/७६ को ११ महिनाको तथ्याङ्क अनुसार सो अबधिमा ६८ अर्ब ६३ करोड २४ लाख रुपैयाँ रहेको छ । अघिल्लो बर्षको सोही अवधिमा विदेशी पर्यटकले नेपालमा ६२ अर्ब ५७ करोड ३४ लाख रुपैयाँ खर्च गरेका थिए ।

laxmi

गत आवको १० महिनासम्म आईपुग्दा ६३ अर्ब २७ करोड रुपैयाँ खर्च गरेका विदेशीले पछिल्लो एक महिनामा झण्डै ६ अर्ब रुपैयाँ खर्च गरेका छन । त्यस्तै नेपालीले विदेशमा गएर गर्ने खर्चमा पनि वृद्धि भएको छ । नेपालीले ११ महिनाको अबधिमा विदेशमा गएर ८० अर्ब ४४ करोड ८० लाख रुपैयाँ खर्च गरेका छन । जुन गत बर्षको सोही अवधिमा ७१ अर्ब ८५ करोड ७७ लाख रुपैयाँ खर्च गरेका थिए ।


नेपालीले विदेशमा गर्ने खर्चमा एक महिनाको अवधिमा ७ अर्ब रुपैयाँ खर्च गरेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । नेपाली पर्यटकले विदेशमा गएर गर्ने खर्च १० महिनाको अवधिमा ७३ अर्ब ६५ करोड रुपैयाँ रहेको थियो । विदेशी पर्यटकले २०७३/७४ को ११ महिनामा ५५ अर्ब २० करोड ४८ लाख रुपैयाँ मात्रै खर्च गरेका थिए । पछिल्लो ३ बर्षकोको अबधिमा विदेशी पर्यटकले नेपालमा गर्ने खर्च १३ अर्ब रुपैयाँ बढेको तथ्याङ्कले देखाएको छ ।

सोही अवधिको तुलना गर्दा नेपालीले विदेशमा गर्ने खर्चमा भने उल्लेख्य वृद्धि भएको देखिँदैन । तीन बर्षको अबधिमा नेपालीले विदेशमा गएर गर्ने खर्च ८ अर्ब रुपैयाँ मात्रै बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL