Logo

रोकिएन नेपालीले विदेश गएर गर्ने खर्च, विदेशी पर्यटक मार्फत ६३ अर्ब भित्रिँदा ७३ अर्ब बाहिरियो

रोकिएन नेपालीले विदेश गएर गर्ने खर्च, विदेशी पर्यटक मार्फत ६३ अर्ब भित्रिँदा ७३ अर्ब बाहिरियो



काठमाडौं । विदेशी पर्यटकले नेपालमा गर्ने खर्च भन्दा नेपालीले विदेशमा गएर गर्ने खर्चमा बृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

सन २०१९ को १० महिना सम्म आईपुग्दा विदेशी पर्यटकले नेपालमा ६३ अर्ब २७ करोड रुपैयाँ खर्च गरेका छन । भने सोही अवधिमा नेपालीले विदेशमा गएर गर्ने खर्च ७३ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।

तथ्याङ अनुसार विदेशी पर्यटकले १० महिनाको अवधिमा नेपालमा गर्ने खर्च ६३ अर्ब २७ करोड रुपैयाँ रहेको छ । जुन गत बर्षको सोही अवधिमा ५७ अर्ब रुपैयाँ रहेको थियो । विदेशी पर्यटकले २०१७ को सोही अवधिमा भने ५० अर्ब रुपैयाँ मात्रै खर्च गरेका थिए ।

त्यस्तै नेपालीले विदेशमा गएर गर्ने खर्चमा समेत बृद्धि भएको छ । पछिल्लो तथ्याङ अनुसार आर्थिक वर्ष २०७५/७६ को १० महिनासम्म आई पुग्दा नेपालीले विदेशमा गएर गर्ने खर्च ७३ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।

जुन गत आवको सोही अवधिमा ६४ अर्ब २१ करोड रुपैयाँ रहेको थियो । गत बर्षको तुलनामा यस बर्ष नेपालीले विदेशमा गर्ने खर्च ९ अर्ब रुपैयाँले बढी रहेको तथ्याङमा उल्लेख छ ।

अघिल्लो महिनाको तुलनामा यस महिना भने नेपालीले विदेशमा गर्ने खर्चमा ६ अर्ब रुपैयाँले बढी भएको तथ्याङमा उल्लेख छ । अघिल्लो महिना सम्म नेपालीले विदेशमा गएर गर्ने खर्च ६७ अर्ब ९३ करोड ५६ लाख रुपैयाँ मात्रै रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL