Logo

विदेशी पर्यटकमार्फत ९ महिनामा भित्रियो ५४ अर्ब, नेपालीले विदेशमा गर्ने खर्च ६८ अर्ब पुग्यो

विदेशी पर्यटकमार्फत ९ महिनामा भित्रियो ५४ अर्ब, नेपालीले विदेशमा गर्ने खर्च ६८ अर्ब पुग्यो



काठमाडौं । विदेशी पर्यटकले ९ महिनाको अवधिमा नेपालमा ५४ अर्ब ३० करोड रुपैयाँ खर्च गरेका छन । गत बर्षको सोही अवधिमा भने ५० अर्ब ३० करोड रुपैयाँ खर्च गरेका थिए । नेपाल राष्ट्र बैंकको तथ्याङ अनुसार विदेशी पर्यटकले नेपालमा गर्ने खर्च गत बर्षको तुलनामा यस बर्ष ४ अर्ब रुपैयाँले बढी रहेको छ ।

विदेशी पर्यटकले चालु आर्थिक बर्षको ८ महिनासम्म आईपुग्दा ४७ अर्ब ५८ करोड ४९ लाख रुपैयाँ खर्च गरेका थिए भने ९ महिना सम्म आईपुग्दा ५४ अर्ब ३० करोड रुपैयाँ खर्च गरेका छन । तथ्याङक अनुसार अघिल्लो महिनामा ५ अर्ब ६१ करोड रुपैयाँ खर्चेको विदेशी पर्यटकले यस महिनामा भने ६ अर्ब ७१ करोड ५१ लाख रुपैयाँ खर्च गरेका छन ।

त्यस्तै नेपालीले विदेशमा गएर गर्ने खर्चमा समेत बृद्धि भएको छ । पछिल्लो तथ्याङ अनुसार आर्थिक वर्ष २०७५÷७६ को ९ महिनासम्म आई पुग्दा नेपालीले विदेशमा गर्ने खर्च ६७ अर्ब ९३ करोड ५६ लाख रुपैयाँ पुगेको छ । जुन गत आबको सोही अवधिमा ५८ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ रहेको थियो ।

गत बर्षको तुलनामा यस बर्ष नेपालीले विदेशमा गर्ने खर्च ९ अर्ब ५९ करोड १२ लाख रुपैयाँ पुगेको तथ्याङमा उल्लेख छ । अघिल्लो महिनाको तुलनामा यस महिना नेपालीले विदेशमा गर्ने खर्चमा ६ अर्ब ४४ करोड ३४ लाख रुपैयाँले बृद्धि भएको छ । अघिल्लो महिना सम्ममा नेपालीले विदेशमा गएर गर्ने खर्च ६१ अर्ब ४९ करोड २२ लाख रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL