Logo

यसरी सुधार गरिदैछ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

यसरी सुधार गरिदैछ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल



काठमाडौं । नेपालको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नतीकार्यले तिब्रता पाएको छ । यही अप्रिल १ बाट सुरु गर्ने भनिए पनि अप्रिल ३ देखीमात्रै काम सुरु भएको सो विमानस्थलको रनवेको कालोपत्रे मिलाउने काम करिब १ सय मिटर सम्पन्न भएको छ ।

हाल उक्त विमानस्थलमा कालोपत्रेको काम १ सय मिटर मात्रै भए पनि इलेक्ट्रिक डक राख्ने कार्यभने करिब १४ सय मिटर जति सम्पन्न भएको विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिएका छन ।

क्षेत्रीका अनुसार हाल विमानस्थलको चौतर्फि विकासको काम भईरहेको छ । स्ट्रायलजोनमा बनिरहेको घरको काम समेत तिब्र पारेको छ । उक्त भवन करिब ४ देखी ५ महिना भित्रै सम्पन्न गर्ने लक्ष रहेको क्षेत्रीले जानकारी दिएका छन ।

जहाज पार्किङलाई ब्यवस्थित बनाउन तयार पारेको रिमोट पार्किङ एरियाको ढलान भने सम्पन्न भएको छ । करिब २८ दिन सुकाउन समय लाग्ने र सो समय पछि उक्त पार्किङ संचालनमा ल्याउने भएको छ ।

तर शुन्न पार्किङको काम भने केही ढिला भएको छ । नेपाल आयल निगमतिर जाने बाटोमा गाडीहरु सबै त्यतै जानेभएकाले काममा केही ढिलाई भएको हो क्षेत्रीले भने । त्यस्तै त्यस क्षेत्रमै थाई एयरको ह्याङगर लगायत अन्य सामग्रीहरु भएकाले ढिला भएको क्षेत्रीको दावी रहेको छ ।

विमानस्थल भित्रै बनिरहेको प्रहरी भवनको काम समेत तिब्र गतिमा अगाडी बढीरहेको छ । त्यस्तै आन्तरिक विमानस्थलमा रहेको सेनाको ब्यारेक रहेको जग्गा करिब १ सय मिटर जति लिने र टर्मिनल स्ट्यान्ड बनाउने भएको छ । सो कामको लागि बिहीबारमात्रै टेण्डर खुलाएको छ ।

बिहीबार मात्रै खुलाएको सो टेण्डरको हाल मूल्याङ्कनको काम भईरहेको छ भने करिब १ हप्ता भित्रै प्रकृया पुर्याएर ठेकेदार लाई आशयको सुचना निकाल्ने र एक महिना भित्रै सो काम सुरु हुने क्षेत्रीले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL