Logo

नेपाललाई हवाईरुट दिन भारतीय पक्ष तयार, कार्यान्वयनमा कहिले आउला

नेपाललाई हवाईरुट दिन भारतीय पक्ष तयार, कार्यान्वयनमा कहिले आउला



काठमाडौं । भारतीय पक्ष नेपाललाई नयाँ हवाई रुट दिनका लागि तयार रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।

भारतीय उड्डयनमन्त्री सुरेश प्रभाकर प्रभुले नेपाललाई हवाई रुट दिन सहमति जनाएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिएका छन ।

नेपाललाई हवाईरुट उपलब्ध गराउन गत असारमा दुईदेशबीच सम्झौता भएको थियो । सम्झौता भए पनि भारतीय पक्षले उक्त रुट दिन आनाकानी गर्दै अहिले सम्म उपलब्ध गराएको थिएन तर अव भने केही आशा पलाएको छ लामिछानेले भने ।

असारमा भएको सम्झौता अनुसार नेपालले पूर्वमा विराटनगर र जनकपुर प्रवेश विन्दुका लागि काठमाडौ विराटनगर र काठमाडौं जनकपुर देखी जनकपुरबीचको हवाई रुटलाई दुई तर्फी बनाउने भएको थियो ।

साथै दुबै पक्ष बसेर सो उडानको सुरक्षा मूल्याङकनको आधारमा उक्त रुटबाट एयरबसहरु नेपाल भित्रिन सक्ने जानकारी समेत गराएको थियो । त्यसतै पश्चिमतर्फ भने महेन्द्र नगर हुँदै काठमाडौं महेन्द्रनगर दिल्ली हवाई रुटलाई दुईतर्फी बनाउने सम्झौता भएको थियो ।
पुर्वी तर्फ भने काठमाडौं जनकपुर पटनाबीचको एक तर्फी रुटलाई दुई तर्फी बनाउन समेत सम्झौता भएको थियो ।

बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र भारतीय समकक्षी सुरेश प्रभुबीच नयाँदिल्लीमा भएको बार्तामा प्रभु सकरात्मक भएको लामिछानेले जानकारी दिएका हुन । तर कहिले देखी उडान अनुमति पाउने हो त्यो भने अन्यौलमा नै रहेको उनले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL