Logo

हप्तामा ३ दिन काठमाडौं–कोलकाता उडान भर्दै बुद्ध एयर, २ जेट खरिदगरी दक्षिण एशियाका अन्य शहर पुग्दै

हप्तामा ३ दिन काठमाडौं–कोलकाता उडान भर्दै बुद्ध एयर, २ जेट खरिदगरी दक्षिण एशियाका अन्य शहर पुग्दै



काठमाडौं । बुद्ध एयरले बैंशाखबाट काठमाडौं–कोलकता उडान भर्ने भएको छ । आन्तरिक उडानमा प्रभुत्व जमाउँदै आएका बुद्ध एयरले कोलकाता उडान भर्न लागेको हो ।

आगामी बैशाख २ गते देखी हप्तामा ३ दिन उडान गर्ने गरी तयारी गरेको बुद्ध एयरका प्रवन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतले जानकारी दिए । हाल भारतको बनारसमा मात्रै अन्तरराष्ट्रिय उडान गर्दै आएको बुद्धले आगामी बैशाख देखी भने काठमाडौं–कोलकातासमेत एटिआर ७२ विमान मार्फत उडान गर्न लागेको हो ।

बुद्धले हप्तामा ८ सय उडान गर्नेछ । जसमध्य ६ उडान भने कोलकाताको लागि गर्ने बस्नेतले जानकारी दिएका छन । सोमबार, बुधबार र शुक्रबार उडान गर्ने तयारी गरेको बुद्धले विहानको समयमा उडाउने तयारी भएको उनले जानकारी दिए ।

नेपाल सरकारले विहानको उडान अनुमति दिए पनि भारतीय पक्षले भने विहानको समय दिने या नदिने भन्ने विषयमा टुङ्गो लागि सकेको छैन । सायद अबको १५÷२० दिन भित्रमा त्यसको समेत टुङ्गो लाग्ने बस्नेतले जानकारी दिएका छन ।

हाल परीक्षण उडानमात्रै गर्ने र परीक्षण उडान सफल भएमा २ ओटा जेट विमान खरिद गरि उडानलाई विस्तार गर्ने योजना रहेको कम्पनीले जानकारी दिएको छ । साथै २०७७ साल भदौ देखी उडानलाई विस्तार गर्दै दक्षिण एशियाका विभिन्न सहरहरुमा जेट विमान मार्फत उडान भर्ने भएको छ ।

बुद्धले काठमाडौंबाट गर्ने अन्तरराष्ट्रिय उडान भने क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल पोखरा संचालनमा आईसके पछि सोही स्थानबाट गर्ने भएको छ । बुद्धको उडानसँगै पोखराबाट हुने अन्तरराष्ट्रिय उडान सुरुमै स्थापित हुने अपेक्षा कम्पनीको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL