Logo

११ महिनामा भित्रिए १० लाख पर्यटक, अग्रस्थानमा भारत दोस्रोमा चीन

११ महिनामा भित्रिए १० लाख पर्यटक, अग्रस्थानमा भारत दोस्रोमा चीन



काठमाडौं । सन २०१८ को ११ महिनामा नेपाल भित्रिने पर्यटकको संख्यामा बृद्धि भएको छ ।

नेपाल पर्यटन बोर्डको तथ्याङक अनुसार २०१८ को जनवरी देखी नोबेम्बरसम्ममा मात्रै हवाईमार्गबाट १० लाख १ हजार ९ सय ३० जना पर्यटक नेपाल भित्रिएका हुन् । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा १७ प्रतिशतले पर्यटकको संख्यामा बृद्धि भएको बोडले जानकारी दिएको छ । तर, पर्यटन बोर्डले हवाई मार्ग र स्थलमार्गबाट आउने पर्यटकको संख्या २३ प्रतिशतले बढेको बोर्डले प्रक्षपण गरेको छ ।

सो अबधिमा सबैभन्दा बढी पर्यटक भारतबाट भित्रिएको छ । भारतबाट १ लाख ७८ हजार १ सय ३० जना पर्यटक नेपाल भित्रिदा चीन दोस्रो स्थानमा रहँदै १ लाख ३४ हजार ३ सय ६२ पर्यटक नेपाल भित्रिएको बोर्डले जानकारी दिएको छ । विशेषगरी अक्टोबर र नोबेम्बरमा सबैभन्दा बढी पर्यटक भित्रिएको समेत बोर्डको भनाई रहेको छ ।

यसैगरी सो अबधिमा युरोपियन मुलुकबाट २ लाख २४ हजार २ सय ६ जना पर्यटक नेपाल भित्रिएका छन् । जसमध्य बेलायतबाट ५७ हजार ५ सयभन्दा बढी पर्यटक भित्रिदा जर्नमीबाट ३४ हजार ४ सय ७९ जना पर्यटक नेपाल भित्रिएका छन् ।

तेस्रो स्थानमा रहेको अमेरिकाबाट ८२ हजार ८ सय ७० जना पर्यटक नेपाल घुम्न आएको बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार नेपाल भ्रमण गर्ने पर्यटक मध्य अष्ट्रेलियाबाट भने ३३ हजार ५ सय २८ जनाले मात्रै नेपाल भ्रमण गरेका छन ।

नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले भने नेपालमा पर्यटक आकर्षणको मूख्य कारण नेपालको छवी रहेको बताएका छन । उनले नेपालको छवि यथास्थिीतीमै राखे पर्यटक आगमनमा बढावा दिन सकिने समेत जानकारी दिएका छन । साथै यसले पर्यटन बर्ष २०२० मनाउन पनि सहयोग पुग्ने विश्वास ब्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL