Logo

सोमबार देखि सर्वसाधरणको लागि खुल्यो श्रीपेच, लखन थापा देखि मनमोहन सम्मको इतिहास समेटिने

सोमबार देखि सर्वसाधरणको लागि खुल्यो श्रीपेच, लखन थापा देखि मनमोहन सम्मको इतिहास समेटिने



काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा रहेको श्रीपेच सर्वसाधरणको लागि खूल्ला गरिएको छ ।

सर्वसाधरणको लागि श्रीपेच खुल्ला गरे सँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणहिटी दरबार संग्राहलयलाई दरबार इतिहास संग्राहलय बनाएर राख्नु पर्ने बताएका छन ।

५२ वटा कोठा रहेको दरबार संग्राहलयमा १९ वटा मात्रै कोठा खुलेकाले बाँकी कोठाहरु पनि खुलाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीलाई निर्देशन दिएका छन ।

प्रम ओलीले दरबार संग्राहलयलमा विगतमा भएका इतिहास झल्कने गरि लखन थापा देखि मनमोहन विपि सम्मको इतिहास समेटने गरि गुरुयोजना बनाई काम गर्न निर्देशन दिएका हुन ।

२०६५ साल देखि दरबार संग्राहलयको रुपमा सर्वसाधरणको लागि खुल्ला गरिए पनि श्रीपेच भने आज देखि खुल्ला गरिएको हो । प्रम ओलीले उदघाटन गरे सँगै नारायणहिटी दरबार संग्रहालयमा सर्वसाधरणको लागि पनि श्रीपेच हेर्न खूल्ला भएको हो ।

बुलेटपु्रफ सिसाभित्र राखिएको संग्राहलयको श्रीपेच, राजदण्ड, दुईवटा मेस, ढाल तरबार, रानीले लगाएको मुकुट लगायतका सामग्रीहरु सोमबार देखि सर्वसाधरणको लागि खुल्ला भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL