Logo

हिम पहिरोमा मृत्यु भएका ८ जनाको शव काठमाडौं ल्याउँदै, १ को शव म्याग्दीमै राखिने

हिम पहिरोमा मृत्यु भएका ८ जनाको शव काठमाडौं ल्याउँदै, १ को शव म्याग्दीमै राखिने



काठमाडौं । शुक्रबार हिम पहिरोमा परी मृत्यु भएका ८ जनाको शव काठमाडौं ल्याउने भएको छ ।

हिमपहिरोमा परी ९ जनाको मृत्यु भएकोमा १ जनाको शव भने म्याग्दीमै राख्ने र अन्य ८ जनाको शव भने काठमाडौं पठाउन लागेको म्याग्दीका डिएसपी बीरबहादुर बुढामगरले जानकारी दिएका छन । उनका अनुसार १ जना भने स्थानीय भएकाले म्याग्दीमानै राख्न लागिएको हो ।

५ जना कोरियन र ४ जना नेपाली रहेको आरोहणको टोली गत २१ गते बेस क्याम्प तिर लागेको थियो । म्याग्दीको धौलागिरी गाउँपालिका–१ स्थित गुर्जा हिमाल आरोहण गर्न जाने क्रममा शुक्रबार हिम पहिरोमा परी ९ जनाकै मृृत्यु भएको थियो ।

अहिले सबै शव बेस क्याम्पमा जम्मा गरेको र त्यहाँबाट हेलिकप्टरले खुल्ला ठाउँमा ल्याउने काम भईरहेको बुढामगरले जानकारी दिएका छन । सबै शव खुल्ला ठाउँमा ल्याई सके पछि १ जनाको शव म्याग्दीमा नै राख्ने र अन्य ८ जनाको शव भने काठमाडौं पठाउने बुढामगरले बताए ।
शनिबार खराब मौसमका कारण उद्धारमा कठिनाई भए पछि काठमाडौंबाट गएको रेस्क्यु टोली छरिएका शवहरु बटुलेको थियो ।

उक्त टोली शुक्रबार फर्कनु पर्ने भए पनि नफर्के पछि स्थानीयले खोजी गरेको र खोजीको क्रममा उनीहरुको शव फेला परेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL