Logo

पर्यटन बोर्डका सिईओ जोशी पाटाको डेस्टिनेशन बोर्डमा नियुक्त, बसन्त मिश्रलाई लाईफ टाईम अचिभमेन्ट अवार्ड

पर्यटन बोर्डका सिईओ जोशी पाटाको डेस्टिनेशन बोर्डमा नियुक्त, बसन्त मिश्रलाई लाईफ टाईम अचिभमेन्ट अवार्ड



काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी प्यासाफिक एसिया ट्राभल एसोसिएसन(पाटा)को गभरमेन्ट डेस्टिनेसन बोर्डको अध्यक्षमा चयन भएका छन् । पाटाको अध्यक्षमा उनलाई सर्वसम्मत रुपमा चयन गरिएको हो ।

जोशी पाटामा नेपालको आबद्धताको पाँच दशक पछि यस उक्त कमिटीको अध्यक्षता गर्ने पहिलो नेपाली व्यक्ति हुन् ।

दुई वर्ष अघि बोर्डको कार्यकारी प्रमुखमा नियुक्त भएका जोशीले भूकम्प र इन्धन आपूर्तीको असहजताकाबीच पनि पर्यटनलाई पूनःताजगी र चाहिएको बजारिकरण गराउन उल्लेख भुमिका निर्वाह गरेका थिए । ्

उक्त अवसरमा बोल्दै जोशीले यो अवसरलाई सम्पूर्ण सदस्य राष्ट्रहरु विशेषत नेपालको पर्यटनको गुणात्मक बृद्धिका लागि अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरे । उनले पर्यटनको स्थायित्व लाभको साझेदारी र पर्यटनका गन्तब्यहरुको साझा हेरविचारबाट संभव हुने बताए ।
सोही अवसरमा टेम्पल टाइगर समूहका प्रबन्ध निर्देशक वसन्तराज मिश्रलाई पाटामा २५ वर्षको आबद्धता र योगदानको कदर गर्दै लाइफ टाइम अचिभमेण्ट अवार्ड प्रदान गरिएको थियो ।

पाटामा एसिया प्यासफिक क्षेत्रका ९५ सरकारी, सहरी पर्यटन संस्था, २५ बढी अन्तरराष्ट्रिय एयरलाइनस र एयरपोर्ट, १ सय ८ अस्पिटालिटी संस्था, ६५ बढी शैक्षिक संस्थाहरु रहेका छन् भने ३६ बढी स्थानीय च्याप्टरमा लाखौै पर्यटन व्यवसायी संलग्न छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL