Logo

चिनियाँ पर्यटक भित्र्याउन सरकार एग्रेसिभ, पर्यटन बोर्डद्वारा चिनियाँ भाषाको वेवसाइट सार्वजनिक

चिनियाँ पर्यटक भित्र्याउन सरकार एग्रेसिभ, पर्यटन बोर्डद्वारा चिनियाँ भाषाको वेवसाइट सार्वजनिक



काठमाडौं । नेपाल पर्यटन बोर्डले चिनियाँ भाषाको वेवसाइट सार्वजनिक गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी तथा नेपालको लागि चिनियाँ राजदूत यु हङले संयूक्त रुपमा उक्त वेवसाईडको उदघाटन गरेका हुन ।

चिनियाँ भाषाको वेबसाइटबाट चिनियाँ पर्यटक भित्र्याउने उद्देश्य रहेको पर्यटन सचिव कृष्ण देबकोटाले जानकारी दिए । सोमबार सार्वजनिक भएको उक्त वेवसाईटमा नेपालका सात वटै प्रदेशका पर्यटकीय स्थलको भिडियो पनि सार्वजनिक गरेको छ ।

पर्यटन मन्त्री अधिकारीले १० हजारबाट सुरु भएको चिनियाँँ पर्यटक अहिले १ लाखको हाराहारीमा पुगेको जानकारी दिएका छन । मन्त्री अधिकारीका अनुसार चिनियाँ पर्यटक १ लाख पुगे पनि नेपालले अझै आफ्नो लक्ष्य नभेटेको उनको भनाई थियो ।

मन्त्री अधिकारीले चिनियाँ वेवसाईट सार्वजनिक गर्दै २०३० सम्ममा ५० लाख पर्यटक नेपाल भित्र्याउने उद्देश्य रहेको बताएका छन । ‘नेपालमा चिनियाँ पर्यटक अहिले सडक तथा जहाजबाट मात्रै आइरहेका छन्,’ उनले भने, ‘अब केही समय पछि रेलबाट समेत चिनियाँ पर्यटक आउने छन ।’

सन २००३ देखि अहिलेसम्म नेपालमा चिनियाँ पर्यटकको आगमन १ सय प्रतिशतले वृद्धि भएको छ । साथै चिनियाँ पर्यटकहरु नेपालको लागि महत्वपुर्ण पर्यटकीय आधार भएकोले सोही भाषाको वेबसाइट सार्वजनिक गरेको मन्त्री अधिकारीको भनाइ थियो । ‘सरकारको अगुवाईमा मात्र पर्यटक भित्र्याउन सफल भइदैन,’ उनले भने, ‘नेपालमा पर्यटक भित्र्याउन निजी क्षेत्रका चिनियाँ अफिसहरु पनि नेपालमा राख्नु पर्दछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL