Logo

त्रिभुवन विमानस्थल २१ घन्टा सञ्चालन गर्न तयारी पूरा, भोलिदेखी राती ३ बजेसम्म खुल्ला

त्रिभुवन विमानस्थल २१ घन्टा सञ्चालन गर्न तयारी पूरा, भोलिदेखी राती ३ बजेसम्म खुल्ला



काठमाडौं । सोमबारदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा आउने भएको छ ।

सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई चाप कम गर्ने उद्देश्य अनुरुप सोमबारदेखि दैनिक २१ घण्टा सञ्चालनमा ल्याउन लागेको हो । सोमबार साढे १ बजेदेखि औपचारिक रुपमा दैनिक २१ घण्टा विमानस्थल सञ्चालन गर्न लागिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

संस्कृति पर्यटक तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले आफुले पद बहाली गरेसँगै सय दिने कार्यक्रमको घोषणा गर्दै जेठ ७ गतेदेखि विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा ल्याउने घोषणा गरेका थिए । सोही अनुरुप भोली एक कार्यक्रमको आयोजना गरी दैनिक २१ घण्टा संचालनमा ल्याउन लागिएको ठाकुरले जानकारी दिए ।

टीआईएमा कार्यरत भन्सार, अध्यागमन, नेपाल प्रहरी, नेपाल आर्मी लगायतका सरोकारवाला निकायसँगका लामो छलफल पश्चात २१ घण्टा सञ्चालनमा ल्याउन सम्भव भएको ठाकुरले बताए ।

यसैगरी नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि सोमबार विहान विमानस्थल ६ बजे देखी भोली पल्ट विहानको ३ बजे सम्म विमानस्थल सञ्चालन गर्ने जानकारी दिएको छ । जस अनुरुप सोमबारबाट विहान ३ बजेदेखि ६ बजेसम्म मात्र विमानस्थल बन्द हुनेछ ।

पर्यटन मन्त्री रविन्द्र अधिकारीले आफ्नो सय दिने कार्यक्रम अन्तरर्गत त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई २१ घण्टा सञ्चालन गर्ने घोषणा गरेका थियो । हाल विमानस्थल दैनि १८ घण्टा मात्र सञ्चालन भईरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL