Logo

हिमालयन ट्राभल मार्ट सम्मेलन शुरु, भुकम्पपछि पनि नेपाल सुरक्षित भएको सन्देश

हिमालयन ट्राभल मार्ट सम्मेलन शुरु, भुकम्पपछि पनि नेपाल सुरक्षित भएको सन्देश


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय ‘हिमालयन ट्राभल मार्ट २०१७’ सम्मेलन सुरु भएको छ। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल गेट वे टु दी हिमालय’ भन्ने मूल नाराका साथ आयोजित उक्त सम्मेलनको शुभारम्भ गरिन्।

सो अबसरमा राष्ट्रपती भण्डारीले नेपालको पर्यटनलाई विश्वसामु प्रवद्र्धन गर्न सम्मेलन सहयोगी हुने बताइन् । साथै पर्यटन क्षेत्रको विकासका लागि पर्यटकीय पूर्वाधारको विकासमा जोड दिनु आबशयक रहेको जानकारी दिइन् ।

राष्ट्रपति भण्डारीले सम्मेलनले भूकम्पपछि पनि नेपाल पर्यटकका लागि सुरक्षित छ भन्ने सन्देश दिने बताइन्। उल्लेख गरिन्। उनले नेपाल विश्वमा पर्यटकका लागि उत्तम आकर्षण स्थल रहेको बताइन् ।

पर्यटकका लागि नेपाल हिमालको प्रवेशद्वार हो भन्ने सन्देश विश्व पर्यटन बजारमा प्रवाह गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।

सो अबसरमा कार्यक्रमका मुख्य वक्ता तथा एयर इन्डियाका प्रबन्ध निर्देशक अस्विनी लोहनीले नेपालको पर्यटन पूर्वाधार विकासका लागि सूचना प्रविधि, सुरक्षा एवम् विश्वलाई जोड्ने विषयमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइन्।

नेपाल पर्यटन बोर्डले आयोजना गरेको प्यासिफिक एसिया ट्राभल एसोसिएसन ९पाटा० नेपाल च्याप्टर कार्यकारी आयोजक रहेको सो सम्मेलनमा स्वदेशी तथा विदेशी पर्यटन व्यवसायीको सहभागिता रहेको छ।

सम्मेलनमा विभिन्न ५३ देशका २५० जना प्रतिनिधि सहभागी रहेको छिन् । सम्मेलनमा पाटाका अध्यक्ष सारह म्याथुले नेपालमा सुरु भएको सम्मेलनले पर्यटन क्षेत्रमा दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पार्ने भएकाले महत्वपूर्ण रहेको बताए।

त्यस्तै पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले नेपाललाई विश्वसामु उपयुक्त पर्यटकीय गन्यव्यस्थल हो भन्ने सन्देश दिने उद्देश्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL