Logo

पुराना र्याम्पबस प्रतिश्थापन गर्ने प्रक्रियाको विरोधमा उत्रिए वायुसेवा संचालक, भन्छन–करोडौंको व्ययभार थपिने भयो

पुराना र्याम्पबस प्रतिश्थापन गर्ने प्रक्रियाको विरोधमा उत्रिए वायुसेवा संचालक, भन्छन–करोडौंको व्ययभार थपिने भयो



काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा चल्ने र्याम्पबसहरुलाई विद्युतीय बसमार्फत प्रतिश्थापन गर्ने बताएपछि वायुसेवा कम्पनीहरु यसको विरोधमा उत्रिएका छन् । कोरोनाबाट तहसनहस भएको वायुसेवा क्षेत्रलाई सरकारले पुनः पुराना र्याम्पबसको विद्युतीय बसबाट प्रतिश्थापन गर्ने बताएपछि कम्पनीहरु यसको विरुद्धमा लागेका हुन् । बायुसेवा संचालक संघ नेपालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सरकारले निर्णयले वायुसेवा कम्पनीलाई थप व्ययभार पर्न आउने बताईएको छ ।

केहिदिनअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बसेको बैठकले विमानस्थलको निशेधित क्षेत्रमा संचालित र्याम्पबसहरुको प्रदुषण नापजाँच, सवारी नम्बर, सिट संख्यालगायत खुलाई पठाउन वायुसेवा कम्पनीहरुलाई पत्राचार गरेको थियो ।

सोही पत्राचारसम्बन्धी ध्यानाकर्षण गराउँदै वायुसेवा कम्पनीहरुले तत्काल र्याम्पबसहरुलाई प्रतिस्थापन गर्न नहुने राय राखेको हो । हाल विश्वभर फैलिएको कोरोना महामारीका कारण वायुसेवा क्षेत्रमा ठुलो संकट आएको छ । जसका कारण वायसेवा कम्पनीको आम्दानीमासमेत ठुलो गिरावट आएको छ । यसमाथी सरकारले पुराना र्याम्पबसहरुलाई प्रतिश्थापन गरी नयाँ विद्युतीय बस ल्याउन भनेपछि वायुसेवा कम्पनीहरु निराश भएका हुन् ।

सरकारले विमानस्थललाई वायुप्रदुषणरहित बनाउन विद्युतीय र्याम्पबसहरुद्वारा पुराना ईन्धनबाट चल्ने बसहरु प्रतिश्थापन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL