Logo

आन्तरिक उडानका सवै टिकट बुकिङ, अतिरिक्त उडानका पनि सकियो

आन्तरिक उडानका सवै टिकट बुकिङ, अतिरिक्त उडानका पनि सकियो


बिजखबर संवाददाता
27
Shares

दशैंमा हवाईमार्गबाट घर जान चाहनुहुन्छ र अहिलेसम्म टिकट काट्नुभएको छैन भने यो दशैंमा तपाँईको इच्छा अपुरै रहने  भएको छ । किनकी सवै वायुसेवा कम्पनीका टिकटहरु बुकिङ भइसकेका छन ।

भारतले गरेको नाकाबन्दीका कारण हवाई यात्रा गर्ने आन्तरिक यात्रुको संखया बढेकोले सवै टिकट बुकिङ भइसकेको वायुसेवा सञ्चालक समितिका प्रवक्ता घनश्याम आचार्यले बताए । यात्रुको चापले गर्दा नियमित तथा अतिरिक्त सवै उडानको टिकट सकिएको उनले जानकारी दिए । ‘तेल राख्न तथा केही प्राविधिक कारणले गर्दा एक दुई सिट बाँकी राखिएपनि अन्य सवै प्याक भइसकेको छ’ उनले भने ।

बुद्ध एयरलाइन्सका सेल्समार्केटिङ म्यानेजर रुपेश केसीले अतिरिक्त उडानका पनि सबै टिकट सकिएको बताए । बुद्ध एयरले दशैंलाई लक्षित गर्दै ६ ओटा अतिरिक्त उडान थपेकोमा सवै सकिएको हो ।

बुद्धले विराटनगर,भद्रपुर तथा चुम्लिङटारका लागि अतिरिक्त उडान थपेको हो । त्यस्तै सिम्रिक एयरले पनि पोखराका लागि दैनिक २ ओटा र भैरहवा र खानीडाँडाका लागि सातामा २ ओटा उडान थपेको छ ।

अघिल्ला वर्षहरुमा दशै तिहारजस्ता चाडपर्वमा यात्रुको चाप हेरेर अतिरिक्त उडान भर्ने गरेकोमा यसपटक इन्धन अभावले गर्दा कम अतिरिक्त उडान गरिएको हो । त्यस्तै तराइमा भइरहेको बन्द हड्ता तथा पेट्रोलियम पदार्थ अभावले गर्दा हवाई यात्रुको चाप बढेको हो ।

हालसम्मलाई नियमित उडान भर्न भने इन्धन समस्या नभएको उनले जानकारी दिए । जसले गर्दा अग्रीम टिकट बुकिङ गरेका यात्रुहरुलाई भने समस्या नहुने उनको दावी छ । नेपाल आयाल निगमले आन्तरिक उडानका लागि १ महिनासम्मका लागि तेल दिने बताएको थियो ।  जसले गर्दा पनि नियमति उडानलाई भने समस्या नहुने भएको हो ।

निगमले नेपालमा उडान भर्ने विदेशी एयरलाइन्स कम्पनीलाई विदेशबाटै तेल भरेर आउन आग्रह गरेको छ । सोही अनुसार विदेशी एयरलाइन्सले आफूलाई पायक पर्ने विमानस्थलबाट इन्धनको जोहो गर्दै आएका छन् । जसले गर्दा पनि नियमित आन्तरिक उडानलाई भने राहत मिलेको छ । यस्तै, निगमले माउन्टेन र चार्टड फ्लाइटका लागि पनि तेल दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL