Logo

हुम्ला पुगेर पर्यटनमन्त्रीले भने : सिमिकोट विमानस्थललाई पर्यटकिय हबको रुपमा विकास गर्नुपर्छ

हुम्ला पुगेर पर्यटनमन्त्रीले भने : सिमिकोट विमानस्थललाई पर्यटकिय हबको रुपमा विकास गर्नुपर्छ



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हुम्लाको सिमिकोट विमानस्थललाई पर्यटकिय हबको रुपमा विकास गर्ने बताएका छन् । मंगलबार हुम्लाको सिमिकोट विमानस्थल निरीक्षण गर्दै मन्त्री भट्टराईले मानसरोवर जाने मुख्य ढोका हुम्ला भएकोले धार्मिक तथा साँस्कृतिक हबको रुपमा विकास गर्नु पर्ने बताएका हुन् ।

मन्त्री भट्टराईले पर्यटनको हिसाबले पूर्वको लुक्ला जति नै पर्यटक सिमिकोटमा आउने बताउँदै धार्मिक साँस्कृतिक पर्यटनलाई लक्षित गरी विमानस्थल विस्तार गरिने बताए । ‘यहाँको संस्कृति विशिष्ट प्रकृतिको छ त्यसैले साँस्कृतिक पर्यटन प्रवर्द्धन गर्न आवश्यक छ त्यसै‌ले पर्यटन विविधतालाई ध्यान दिँदै हुम्लाको गुरुयोजना बनाएर पूर्वाधारको विकास गर्न उनले आग्रह गरे ।

उनले हुम्लाको पर्यटन क्षेत्रको विकासको लागि मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्। मन्त्री भट्टराईले सिमिकोट विमानस्थलमा निमार्ण भई रहेको एप्रोन,पाकिङ लगायतका काम चाडो सक्न निर्देशन समेत दिए ।

नेपाल कम्युनिस्ट पाटीका स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री भट्टराईले नेकपा भित्र अन्तरविरोध मात्रै भएको बताउँदै कुनै पनि हालतमा पाटी नफुटने दाबी समेत गरेका छन्।
सांसद छक्कबहादुर लामाले सिमिकोट एयरपोर्टमा ४५ सिटे जहाज बस्न सक्ने गरी विमानस्थलको विस्तार गर्न मन्त्री भट्टराईसंग आग्रह गरे ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले राष्ट्रिय सडक संञालमा नजोडिदा सुत्केरी तथा विरामी समस्यामा परेको साथै टेलिफोनको समस्या रहेको मन्त्री भट्टराईलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL