Logo

कतार एयरवेजले ल्यायो विद्यार्थीहरूको लागि विशेष कार्यक्रम, विभिन्न सुविधाहरु उपलब्ध

कतार एयरवेजले ल्यायो विद्यार्थीहरूको लागि विशेष कार्यक्रम, विभिन्न सुविधाहरु उपलब्ध



काठमाडौं । कतार एयरवेजले विश्वव्यापी विद्यार्थीहरूका लागि एक विशेष कार्यक्रम सुरू गरेको छ ।

एयरलाइनको कतार एयरवेज प्रिभिलिज क्लबद्वारा सञ्चालित स्टुडेन्ट क्लब कार्यक्रम अन्तर्गत विद्यार्थीहरूको लागि उनीहरूको शैक्षिक यात्रामा सहयोग पुर्याउन विभिन्न सुविधाहरु तयार गरिएको छ ।

स्टुडेन्ट क्लबका सदस्यहरूले बचत गर्नुको साथै उडानहरूमा सुलभ भाँडादर, अतिरिक्त ब्यागेज, उडानको मिति परिवर्तन गर्न छूट, जहाजमा सुपर वाई–फाई लगायतका अन्य सुविधाहरुको लाभ उठाउन सक्नेछन् ।

साथै विद्यार्थीहरु स्वतः कतार एयरवेज प्रिभिलिज क्लबमा पनि भर्ना हुनेछन् – थप सेवा सुविधा सहित र स्नातक उत्तीर्ण गरे बापत उपहार स्वपरुप एक स्तर अपग्रेडको साथै स्टुडेन्ट क्लबमा एकजना साथीलाई रेफर गरेमा ५००० क्युमाइल्स प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL