Logo

बुद्ध एयर २३ वर्ष पुरा गरि २४ औं वर्षमा प्रवेश, १३ जहाज १ सय कर्मचारी पुगे

बुद्ध एयर २३ वर्ष पुरा गरि २४ औं वर्षमा प्रवेश, १३ जहाज १ सय कर्मचारी पुगे



काठमाडौं । बुद्ध एयरले आज २३ औं वर्ष पुरा गरेको छ । सन् १९९७ आजकै दिन अर्थात् ११ अक्टोवरका दिन नेपाली आकाशमा बुध्द एयरले पहिलो उडान गरेको थियो । यसले उडानकै शुरुवातमा अमेरिकाबाट ब्राण्ड न्यू जहाज बीचक्राफ्ट १९०० डी भित्र्याएको थियो । आज २३ वर्ष पूरा गर्दा बुध्द एयरसँग १३ जहाज, १०० कर्मचारी तथा लाखौंलाख देशीविदेशी यात्रु जोडिन आइपुगेको छ ।

बुध्द एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतका अनुसार ‘विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस ‘कोभिड(१९’ ले हरेक क्षेत्रलाई नराम्ररी प्रभावित गरेको छ । अझ नेपाली आकाशका लागि २४ मार्च ‘कालो दिन’ नै भयो । उडान ठप्प भए पनि जहाजको नियमित मर्मतसम्भार, रेखदेख तथा जनशक्ति सञ्चालन खर्च कटौती गर्न मिल्दैन ।

बन्दाबन्दी झण्डै ६ महिना रह्यो र आम्दानी पनि शून्य नै । यस्तो अवस्थामा पनि हामीले ११०० कर्मचारीलाई नियमित रूपमा तलव बाँड्यौं । हाम्रो पहिलो प्राथमिकता नै हरेक कर्मचारीको जीवनयापन सजिलो होस् र हाम्रा जहाजहरुको मर्मतसम्भार रेखदेखमा कुनै पनि अवरोध नआवोस भन्ने हो । हामीले यस दौरान १ जना कर्मचारी पनि कटौती नगरि आवश्यक सबै तालिमहरु सम्पन्न गर्याैं ।’

बुध्द एयरले बन्दाबन्दीको केही दिनमै संक्रमणरहित र सुरक्षित हवाई सेवा कसरी सञ्चालन गर्ने भनेर ‘सुरक्षा निर्देशिका’ ल्यायो । जुन नेपालमै कोभिड विरुद्धका पहिलो निर्देशिका थियो । कम्पनीले यसलाई अक्षरशः पालना गर्दै हरेक कर्मचारीलाई तालिम तथा सुरक्षा कवच पीपीई प्रदान गरेको छ । यसले महिनौंसम्म काठमाडौंमा मात्र नभई हरेक गन्तव्यमा पूर्वाभ्यास गरेको थियो ।

२१ सेप्टेम्बरबाट उडान सञ्चालन हुने भएपछि बुध्द एयरले भाडादरमा ठूलो कटौती गरेको छ । निम्नमध्य आय भएका नेपालीले पनि सुरक्षित तथा संक्रमणरहित यात्रा गरून् भन्ने एक मात्र उद्देश्य रहेको विज्ञप्तिमा जनाएको छ । थियो ।

आर्थिक चलायमानका सूचकांकमा यात्रुहरुको ओहोरदोहोर पनि एक हो । आन्तरिक पर्यटनलाई पुनः गति दिन बुध्द एयरले पर्यटकीय गन्तव्य पोखरा र चितवनलाई प्रचार प्रसार गर्दै यसको भगिनी संस्था बुध्द होलिडेजले प्याकेजहरु पनि ल्याएको छ । विदेशीका लागि पनि यी दुई गन्तव्य निकै महत्वपूणर् छन् । यसलाई सुरक्षित र संक्रमणरहित तरिकाले पर्यटकीय गतिविधि सञ्चालन गर्नसकेको खण्डमा विदेशी पर्यटकलाई पनि आत्मवल पुग्न जाने बुध्द एयरको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL