Logo

कोरोना पछिको पर्यटन पुनरुत्थानका लागि पीपीई मोडलमा कार्यदल गठन, संयोजकमा दीपकराज जोशी

कोरोना पछिको पर्यटन पुनरुत्थानका लागि पीपीई मोडलमा कार्यदल गठन, संयोजकमा दीपकराज जोशी



काठमाडौं । पर्यटन क्षेत्रको पुनरुत्थानका लागि कार्यदल गठन भएको छ । कोभिड–१९ महामारीका सन्दर्भमा नेपालको पर्यटन पुनरुत्थानकालागि सकारात्मक, सक्रिय र परिणाममूखी भूमिका खेल्न निजी क्षेत्रको पहलमा सार्वजनिकनिजी साझेदारीको अवधारणा बमोजिम पर्यटन पुनरुत्थान टास्क फोर्स – नेपाल स्थापना भएको हो । विश्वपर्यटन दिवशको अवसर पारेर काठमान्डौको नयाँबानेस्वर स्थित द एवेरेष्ट होटलमा आयोजित एक बिशेष कार्यक्रमकाबीच उक्त टास्क फोर्सको औपचारिक उद्घाटन गरिएको हो ।

सो कार्यदलले निर्णयकर्ता तथा नीतिनिर्माताहरुमाझ पर्यटन बारे बुझाई बढाउन, मुख्य सरोकारवाला निकायहरुबीच परिणाममुखी समन्वय स्थापना गराउन, र देश भित्रकापर्यटन क्षेत्रका सरोकारवालाहरु तथा स्रोत बजारका टुर अपरेटर्स एवं सम्भाव्य पर्यटकहरुबीच विश्वसनीय तथा प्रभावकारी संचार गर्र्ने काम गर्नेछ ।

साथै पर्यटनको दिगो तथा छिटो पुनरुत्थानका लागि नेपालमा भैरहेका राम्रा प्रयासहरु र तयारीलाई सकारात्मक सन्देश प्रवाहगर्न आन्तरिक तथाबाह्यरुपमा कार्यक्रम संचालन तथा विभिन्न १० ओटा च्यानलहरुबाट नेपालका प्रवद्र्धनात्मक तथा सकारात्मक सन्देशहरु नियमीत रुपमा प्रकाशित गर्ने भएको छ ।

उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथानागरिक उड्डयन मन्त्री योगेश भट्टराईज्यूले पर्यटन पुनरुत्थानका लागि भएकोे पहिलो पाइला स्वरुप देशदर्शन कार्यक्रमको सार्वजनिक गरेका थिए । साथै सबै सरोकारवालाहरु एक भएर लागेमात्रै पर्यटन पुनरुत्थान छिटो हुन सक्ने भन्दै सबैलाई पर्यटनका लागि सँगसँगै अघि बढ्न अनुरोध गरे ।

कार्यक्रममा, पर्यटन सचिव केदारबहादुर अधिकारीले पर्यटन पुनरुत्थानकार्यदलद्वारा ग्रामिण गन्तब्य सशक्तीकरण अभियानको तालिम निर्देशिकाको उद्घाटन गरेका थिए । उनले निजीक्षेत्रद्वारा पहल गरिएको पर्यटन पुनरुत्थानकार्यदलको प्रशंशागर्दै स्थानीय तथा प्रादेशिक सरकारहरुसँग थप समन्वय र सहकार्य गरी थपप्रभावकारी कार्यहरु बढाउनु पर्ने बताए ।

उक्त कार्यदलको संयोजकमा नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी निर्देशक रिब्यूल्डिंग ट्राभलका कार्यदल सदस्य दीपक राजजोशीलाई संयोजकका रुपमा चयत गरिएको छ । त्यसैगरी पाटा नेपाल च्याप्टरका सचिव खेमलकाई कार्यदलको प्रवक्ता रहनेछन भने पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडालले कार्यदलको सचिवालय व्यवस्थापन गर्नेछन ।

पाटा नेपाल च्याप्टर र स्कल नेपालबाट अघि बढाईएको यस पहलमा पर्यटन क्षेत्रका विशिष्ट व्यक्तित्वहरु सल्लाहकार, मुख्यछाता संगठनहरु संस्थागत संरक्षक, स्वास्थयतथा सुरक्षानिकायका संस्थाहरु स्वास्थ्यतथा सुरक्षा संरक्षक, नेपालपर्यटन बोर्ड पर्यटन उद्योग संरक्षक रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL