Logo

पर्यटन उद्योगमा कोरोना कहर, विदेशीले नेपालमा आएर गर्ने खर्चमा ८८ प्रतिशतले गिरावट

पर्यटन उद्योगमा कोरोना कहर, विदेशीले नेपालमा आएर गर्ने खर्चमा ८८ प्रतिशतले गिरावट



काठमाडौं । विश्व कोरोना कहरको संघारमा फसिरहेको अवस्थामा सबैभन्दा बढी प्रभावित बनेको पर्यटन क्षेत्र धराशायीजस्तै बनेको छ । यस्तो बेलामा नेपालको पर्यटन क्षेत्रमा समेत सोहीअनुसारको प्रभाव परेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७६/७७ को साउनको चुलनामा चालू आबको सोही अबधिमा विदेशी पर्यटकले नेपालमा आएर गर्ने खर्च ८८ प्रतिशतले गिरावट आएको छ ।

अन्तरराष्ट्रिय हवाई उडानसहित पर्यटकिय गतिविधि बन्द हुँदा नेपालमा घुम्न, तथा अन्य कामले आउने विदेशी नागरिक घटेसँगै यस्तो खर्च घटेको हो । गत आर्थिक बर्षको पहिलो महिनामा ४ अर्ब ३६ करोड रुपैयाँ बराबरको खर्च गरेका थिए । तर चालु आवको पहिलो महिनामा भने उक्त खर्च घटेर ६ करोड ५ लाख रुपैयाँमा सिमित भएको छ ।

साथै चालु आवमा नेपाली नागरिकले विदेशमा गएर गर्ने खर्चमा पनि ७७ प्रतिशतको गिरावट आएको छ । गत बर्षको पहिलो महिनामा १२ प्रतिशतले घट्दै ७ अर्ब २ करोड रुपैयाँ खर्च गरेकोमा चालु आवको सोही अवधिमा घट्दै १ अर्ब ५८ करोड रुपैयाँमा सिमित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL