Logo

सरकारको निर्णयमा वायुसेवा संचालकको अब्जेक्सन, भन्यो-५० प्रतिशत यात्रु राखेर हवाई सेवा सुचारु गर्दैनौं

सरकारको निर्णयमा वायुसेवा संचालकको अब्जेक्सन, भन्यो-५० प्रतिशत यात्रु राखेर हवाई सेवा सुचारु गर्दैनौं



काठमाडौं । वायुसेवा संचालकहरुले आन्तरिक हवाई सेवा संचालनमा नल्याउने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले असोज १ गतेदेखि आन्तरिक तथा बाह्य हवाई उडान सेवा सुरु गर्ने निर्णय गरेपनि वायुसेवा संचालकहरुले भने सुचारु गर्ने निर्णय गरेका हुन् ।

नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट भएका निर्देशनको पूर्ण परिपालना गरी नियमित उडान संचालन गर्न वायुसेवाहरु तयार रहेता पनि ५० प्रतिशत यात्रु मात्र लिएर उड्नु पर्ने व्यवस्थाका कारण नेपाल वायुसेवा संचालक संघमा आवद्ध सबै वायुसेवाहरुले उक्त व्यवस्था अनुरुप हवाई सेवा संचालन नगर्ने निर्णय गरेका हुन् ।

छिमेकी मुलुक भारत लगायत विश्वका अन्य मुलुकमा समेत आन्तरिक उडानमा सामाजिक दूरी राखि ५० प्रतिशत मात्र यात्रु वोक्नु पर्ने व्यवस्था नभएको संघले बताएको छ । साथै ५० प्रतिशतमात्र यात्रु बोक्दा हवाई टिकट मुल्य दोब्बर पर्न जाने र जसका कारण याुत्रले तिर्न नसक्ने भन्दै यस्तो अवस्थामा हवाई सेवा सुचारु गर्नुको अकुनै औचित्य नरहेको संघको दावी छ ।

साथै कोरोना भाइरस जोखिमका सबै प्रोटोकलहरुको पूर्ण पालना हुने हुदा हवाई उडानमा संक्रमण फैलिन सम्भावना न्यून हुने संघले जानकारी दिएको छ । ‘विगत ६ महिना देखि बन्द हवाई उद्योगलाई ५० प्रतिशत मात्रै यात्रु बोक्नु पर्ने यस प्रकारको निर्णयले वायुसेवा उद्योग नै धरासायी बन्नेछ,’ संघद्वारा जारी विज्ञप्तीमा उल्लेख छ, ‘सरकारबाट केहि राहतको अपेक्षा राख्दै यात्रुहरुको सुविधालाई समेत ध्यानमा राखि ५० प्रतिशतको व्यवस्था खारेज गरी पूर्ण क्षमतामा यात्रु बोक्न पाउने गरी आन्तरिक उडान यथाशीघ्र पुन ः संचालन गर्ने व्यवस्थाका लागि हार्दिक अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्
MBL