Logo

चार महिनापछि पर्यटन व्यवसाय सञ्चालनको तयारी, सुरक्षा मापदण्डसहित आजदेखि होटल तथा रेस्टुरेन्ट खुल्दैं

चार महिनापछि पर्यटन व्यवसाय सञ्चालनको तयारी, सुरक्षा मापदण्डसहित आजदेखि होटल तथा रेस्टुरेन्ट खुल्दैं



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण चार महिनायता बन्द पर्यटन व्यवसाय आजदेखि प्रारम्भिक चरणमा खुल्ने भएको छ । तत्काल अन्तराष्ट्रिय पर्यटक भ्रमणमा नआउने देखिएपनि आजदेखिदेखि देशभरका होटल सञ्चालनमा आउँदैछन् । साउन ५ को मन्त्रिपरिषद निर्णयले यही साउन १५ देखि पर्यटन, ट्रेकिङ्, ट्राभल तथा पर्वतारोहण खुला गर्ने निर्णय गरेसँगै लकडाउन (बन्दाबन्दी)बाट निकै प्रभावित बनेका होटल सुरक्षा मापदण्ड अपनाएर सञ्चालन हुन लागेका हुन् ।

laxmi

सरकारले साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालनको अनुमति दिएपछि नेपालको होटल खुला छ भन्ने सन्देश दिने उद्देश्यसहित होटल सञ्चालन हुन लागेको होटल एसोसिएसन अफ नेपाल हानले बताएको छ ।

बिहीबारदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालन हुने भए पनि तारे होटलले भने १० प्रतिशत मात्र सेवा सञ्चालन गर्ने भएका छन् । होटल सञ्चालनमा ठूलो खर्च लाग्ने तर त्यस अनुसार ग्राहकको सम्भावना नभएकाले सबै सेवा दिएर सञ्चालनमा ल्याउन समस्या हुने व्यवसायीको भनाइ छ ।

होटल एशोसिएसन नेपालका अनुसार मुलुकका होटल क्षेत्रमा मात्र करिब रु १६ खर्ब लगानी छ । यसमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सात लाखभन्दा बढी जनशक्तिले रोजगारी पाएका छन् । यसबाट करिब २५ प्रतिशत विदेशी मुद्रा आर्जन हुने गरेको छ ।

कोभिड– १९ ले आर्थिक समृद्धिको आधार मानिने पर्यटन क्षेत्र नराम्ररी प्रभावित छ । प्रत्येक महिना यस क्षेत्रले कम्तीमा पनि रु एक अर्ब ८० करोड घाटा व्यहोर्दै आएको होटल एशोसिएसन नेपालको आँकलन छ । सरकारले होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेसँगै यसका आवश्यक जनशक्तिलाई तालीम दिएर तयार पारिएको व्यवसायीले बताएका छन् ।

महामारीपछि व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने मापदण्ड होटल क्षेत्रले निर्माण गरिसकेको र सुरक्षित मापदण्ड अपनाउने सम्बन्धी जनशक्तिलाई त्यस मापदण्डअनुसारको तालीम दिएर तयारी अवस्थामा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL