Logo

आज लुक्लाबाट १२६ पर्यटकको उद्दार गरिदैं, ९ ओटा विमानमार्फत काठमाडौं ल्याइँदैं

आज लुक्लाबाट १२६ पर्यटकको उद्दार गरिदैं, ९ ओटा विमानमार्फत काठमाडौं ल्याइँदैं



काठमाडौं । कोभिड–१९ (कोरोना भाईरस) को कारण हवाई उडान स्थगित हुँदा अलपत्र परेका पर्यटकका लागि सरकारले उद्दार कार्य जारी राखेको छ । यसैक्रममा आज शनिबार लुक्लाबाट ९ ओटा जहाजमा १४ जनाको दरले १ सय २६ जना पर्यटक काठमाडौं ल्याउने तयारी भईरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

नेपाल पूर्णरुपमा लकडाउनमा परे पछि अलपत्र परेका पर्यटकको उद्दार गर्न नेपाल वायुसेवा निगमको जहाज ५ ओटा, तारा एयरको ३ र समिट एयरको १ ओटा जहाजले ति पर्यटकहरुलाई काठमाडौं ल्याउने तयारी गरेको हो ।

त्यस्तै निगमको जहाज वाई १२ नेपालगञ्ज जाने भएको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार नेपालगञ्जमा कोभिड १९ ९कोरोना भाईरस० को लक्षण देखिए पछि उनको स्याम्पल टेस्ट गर्नका लागि खकार लिन जान लागेको हो । लुक्लाबाट शुक्रबार मात्रै अष्ट्रेलियन नागरिक १४ जना काठमाडौं ल्याईसकेका छन ।

प्राधिकरणले पर्यटन बोर्डको अनुरोधमा पर्यटकहरुको उद्दारका लागि उडान अनुमति दिए पछि ति पर्यटकहरु ल्याउन लागिएको हो । लुक्लामा सगरमाथा क्षेत्रमा ट्रेकिङ गएर फर्किएका १२५ भन्दा बढी विदेशी पर्यटक अलपत्र परेका थिए । यसअघि २ सय ३२ जना पर्यटकको उद्दार भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL