Logo

निगमको मुम्वई र बैंग्लोर उडान भदौं १५ देखि, रु १० हजारमै जान सकिने

निगमको मुम्वई र बैंग्लोर उडान भदौं १५ देखि, रु १० हजारमै जान सकिने


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संवाददाता

१० साउन, काठमाडौं । नेपाल वायुसेवा निगमले भारतको मुम्बई र बैंग्लोर उडान गर्ने भएको छ । निगमले यही भाद्र १५ गतेदेखि पुनः उडान शुरु गर्न लागेको सुचना प्रकाशित गरेर जानकारी दिएको छ ।

निगमले सस्तो दरमा विशेष छुटको योजनासहित उडान सुरु गर्न लागेको हो । निगमले प्रकाशित गरेको सुचना अनुसार बैंग्लोर तथा मुम्बईमध्ये कुनै एक ठाउँमा करसहित १० हजार ९२ रुपैयाँमा जान सकिनेछ ।

यस्तै काठमाडौं–बैंग्लोर–काठमाडौं २० हजार आठसय ९३ रुपैयाँ र काठमाडौं–मुम्बई–काठमाडौंको २० हजार ६७ रुपैयाँमा यात्रा गर्न सकिने छ । यो दरमा विदेशी नागरिकलाई भने थप १ हजार १ सय ३० रुपैयाँ अतिरिक्त कर लाग्ने छ ।

निगमले हप्ताको ३ दिनमात्र उडान भर्नेछ । साथै, ती देशबाट पनि हप्ताको तीन दिन नै उडान भरिने भएको छ । निगमका अनुसार काठमाडौंबाट बैंग्लोर र बैंग्लोरबाट काठमाडौं मंगलबार, विहीबार र शनिबार उडान हुनेछ । यसैगरी, काठमाडौंबाट मुम्बई र मुम्बइबाट काडमाडौं पनि सोमबार, बुधबार र शुक्रबार उडान हुने जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL