Logo

त्रिभुवन विमानस्थलमा पर्यटकलाई सघाउन पर्यटन परी, ३ भाषामा यसरी दिनेछन सेवा

त्रिभुवन विमानस्थलमा पर्यटकलाई सघाउन पर्यटन परी, ३ भाषामा यसरी दिनेछन सेवा



काठमाडौं । त्रिभुवन विमानस्थलमा पर्यटकलाई सघाउन दुई ओटा पर्यटन परी (रोबोट) राखिएको छ । बिहीबार बिमानस्थलमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले पर्यटन परीलाई नमस्ते गरेर उद्घाटन गरेसँगै यी पर्यटन परी आफ्नो सेवामा लागेका छन् ।

laxmi

पर्यटन परीले बटन थिचेपछि बिमानसथलमा के कता छ भनेर पर्यटकलाई सबै जानकारी उपलब्ध गराउनेछन् । ४४ लाख रुपैयाँ खर्च गरेर सरकारले बिमानस्थलमा राखेको यी रोबोटले नेपाली, अंग्रेजी र चिनियाँ भाषामा कुरा गर्न सक्नेछन ।

डिजिटल नेपालको अवधारणासँगै नेपालको पर्यटनको क्षेत्रमा प्रविधिको उपयोग गर्ने उद्देश्यले त्रिभुवन विमानस्थलमा उक्त रोबोट राखेको पर्यटन मन्त्रालयका उपसचिव राजन पौडेलले बताए । उनका अनुसार रोबोट पाईला टेक्नोलोजीले निर्माण हो ।

रोबोटले विमानस्थलमा नेपाली, अंग्रेजी र चिनियाँ भाषामा सम्वाद गर्ने र पर्यटकलाई नेपालका पर्यटन गन्तव्य, भिषा प्रकृया र त्रिभूवन विमानस्थलको संरचनालगायतका विषयमा जानकारी दिनेछन ।

पर्यटन परीको नाम दिइएका यी रोबोट पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल भ्रमण बर्ष सचिवालयको संयुक्त प्रयासमा विमानस्थलको आगमन र प्रस्थान कक्षमा राखिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL