Logo

भूकम्पले भत्काएका ४ सय सम्पदाको पुनर्निर्माण सम्पन्न, बाँकी २ बर्षमा सम्पन्न गर्ने मन्त्री भट्टराईको दाबी

भूकम्पले भत्काएका ४ सय सम्पदाको पुनर्निर्माण सम्पन्न, बाँकी २ बर्षमा सम्पन्न गर्ने मन्त्री भट्टराईको दाबी



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले ९ सय २० मध्ये ४ सय भन्दा बढी सांस्कृतिक सम्पदाको पुनर्निर्माण सम्पन्न भएको बताएका छन । आईतबार पुरात्तत्व विभागले आयोजना गरेको भूकम्पबाट क्षति भएका सम्पादाहरुको जानकारीमा उनले सो कुरा बताएका हुन ।

laxmi

उनले हाल सम्म ४ सय सम्पदाहरुको पुनर्निर्माण कार्य सम्पन्न भएको र बाँकी २ बर्ष भित्र सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिएका छन । चालू आर्थिक बर्ष भित्र १ सय ५० ओटा सम्पदाहरुको पुनर्निर्माण गर्ने सरकारको लक्ष्य रहेको छ ।

मन्त्री भट्टराईले सम्पदा पुनर्निर्माण तीब्र रुपमा भएको भन्दै हाल ६० प्रतिशत सम्पन्न भईसकेको र आगामी २ बर्ष भित्र ४० प्रतिशत बाँकी काम समेत सम्पन्न गरि विश्वसामु सम्पन्न भएको घोषणा गर्ने बताएका हुन ।

उनले सम्पदा संरक्षण गर्नु सरकारको दायित्व भएकाले ति क्षेत्रहरुमा पर्यटकीय प्रर्वद्धन गर्न पनि सरकार लागिपरेको बताएका छन । साथै सम्पदाहरुको इतिहास झलकाउने गरि हाते सामग्री तयारी भईरहेको र ति सामग्रीहरु हरेक विदेशी पाहुनालाई बुझाउने कार्य गर्न सरकार लागि परेको जानकारी दिएका छन ।

उनले नेपालीहरु पुरानो सभ्यताका मानिस भएकाले जुनसुकै मुलुकका अध्ययनकर्ता नेपाल आउनै पर्ने बताएका छन । त्यस्तै उनले अतिक्रमण गरेका सिमा तथा सरकारी जग्गालाई समेत फिर्ता ल्याउने गरि काम गरिरहेको जानकारी दिए ।

उनले कार्यक्रममा बोल्दै काठमाडौ भित्र रहेका सम्पदालाई एक अर्कासँग जोडने गरि साईकल लेन बनाउने गरि सोच बनाएको समेत जानकारी दिए । त्यस्तै लुम्बिनीमा भईरहेको व्यापारको विषयमा मन्त्रालयले अनुगमन गरि दोषीलाई कारवाही गर्ने पनि उनले बताए । ९ सय २० सम्पदामध्ये ७ सय ३७ पुरातत्व विभागले पुनर्निर्माण गरिरहेको छ भने अन्य १८३ सम्पदाको पुनर्निर्माण बिभिन्न संघसंस्थाले गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL