Logo

मनोरञ्जनका लागि नेपाल आउछन् पर्यटक, बार्षिक साढे ४ खर्ब आम्दानी

मनोरञ्जनका लागि नेपाल आउछन् पर्यटक, बार्षिक साढे ४ खर्ब आम्दानी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२८ असार,काठमाडौं । नेपाल भ्रमणमा आएका पर्यटकको औसत बसाइँ अवधि १२ दशमलव ४ दिन रहेको बताएको छ । सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७१र७२ को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो । सर्वेक्षणका अनुसार प्रति पर्यटक प्रतिदिन खर्च ४६ दशमलव ४ अमेरिकी डलरमा अघिल्लो आर्थिक वर्षमा ४२ दशमलव ८ रहेकोमा यस अर्थिक वर्षमा ४६ दशमलव ४ पुगेको छ ।

नियमित उडानमा नेपाल आउने अन्तरराष्ट्रिय वायु सेवाको सङ्ख्या अघिल्लो वर्ष २६ रहेकामा यो आवमा बढेको छैन ।

बढी पर्यटक आउने पाँच मुलुकमा भारत १७, चीन १६, अमेरिका छ, श्रीलङ्का ४ दशमलव ८ र बेलायत ४ दशमलव ७ प्रतिशत रहेका छन् । नेपाल आउने पर्यटकको संख्या, प्रतिव्यक्ति खर्च बढाउन एवम् औसत बसाइँ लम्ब्याउन सकेमा पर्यटन क्षेत्रबाट अपेक्षित लाभ लिन सकिने सर्वेक्षणले औँल्याएको छ ।

कुल पर्यटकको ५० दशमलव १ प्रतिशत मनोरञ्जनका लागि आउने गरेका छन् । त्यस्तै तीर्थयात्रामा १२ दशमलव ३ पदयात्रामा, ४ दशमलव १ औपचारिक,प्रशासकीय, ३ दशमलव १ व्यापार, १ दशमलव ७ सभा÷सम्मेलन तथा १६ दशमलव २ प्रतिशत अन्य उद्देश्यले नेपाल घुम्न आएका थिए ।

आव २०६९÷७० मा पर्यटन क्षेत्रबाट आर्जित विदेशी मुद्रा रू. ३४ अर्ब २९ करोड १० लाख थियो । अघिल्लो वर्षभन्दा रू. १२ अर्ब १६ करोड ४३ लाखले वृद्धि भई आव २०७०\७१ मा रू. ४६ अर्ब ३७ करोड ५० लाख पुगेको छ । आव २०७१\७२ को प्रथम आठ महीनामा पर्यटन क्षेत्रबाट आर्जित विदेशी मुद्रा रू. ३४ अर्ब ३१ करोड ३० लाख छ ।

गत आर्थिक बर्षमा ७ लाख ९० हजार १ सय ९८ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो आव २०७० पुसदेखि २०७१ पुससम्मको अवधिमा ती विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । पर्यटन क्षेत्रका प्रमुख परिसूचकमा पर्यटनबाट प्राप्त आर्जन रू. तीन खर्ब ४२ अर्ब ११ करोड रहेकामा विसं २०७१ पुससम्म रू. चार खर्ब ६३ अर्ब ७५ करोड पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL