Logo

हान भन्छ-‘पर्यटकको लागि नेपाल सुरक्षित छ’, चिनियाँ पर्यटकको विकल्प खोज्ने तयारी

हान भन्छ-‘पर्यटकको लागि नेपाल सुरक्षित छ’, चिनियाँ पर्यटकको विकल्प खोज्ने तयारी



काठमाडौं । होटल एसोसिएसन नेपाल (हान) ले चिनियाँ पर्यटकमा कमी आएपछि अन्य देशबाट पर्यटक भित्र्याउने तयारीमा रहेको जानकारी दिएको छ ।

laxmi

मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा चीनको वुहानमा फैलिएको कोरोना भाईरसका कारण चिनियाँ पर्यटकमा कमी आएपछि भ्रमण बर्ष सचिवालय, हान तथा पर्यटन ब्यवसायीहरुले छिमेकी मुलुक भारत, बंगलादेश, मध्यपूर्व, दक्षिण पूर्वी, एसियालगायतको देशबाट पर्यटक भित्र्याउने गरी काम गरिरहेको हानकी अध्यक्ष सिर्जना राणाले जानकारी दिइन ।

उनले चीनमा फैलिएको उक्त भाईरसका कारण ज्यान गुमाउनेहरुप्रति दुख ब्यक्त गर्दै नेपालमा समेत सचेत हुन र सरकारले थालेको प्रयास प्रति हानको साथ रहेको बताईन । नेपालको पर्यटन क्षेत्रमा चीन दोस्रो ठूलो गन्तब्य भए पनि जनवरीमा उक्त भाईरसका कारण पर्यटक घट्न पुगेको र अवस्था सामान्य भएपछि चिनियाँ पर्यटक बढ्ने हानको विश्वास रहेको छ ।

अध्यक्ष राणले नेपालमा आउने पर्यटकहरुमा सामान्य रुघाखोकीलगायतका समस्या देखा परेमा शुक्रराजलगायत अन्य अस्पतालमा समेत उपचार गर्ने काम सुरु गरेको बताईन । हालसम्म कुनै पनि होटलमा यो भाईरसको संक्रमण नभएको समेत हानले जानकारी दिएको छ । साथै नेपाल अहिले पर्यटकको लागि सुरक्षित गन्तव्य रहेको र यदि भाईरसको संक्रमण देखिए तुरुन्तै एक्सनमा जानसमेत हान तयार रहेको अध्यक्ष राणाले बताइन् ।

त्यस्तै भ्रमण बर्ष सचिवालय संयोजक सुरज बैद्यले नेपालमा चिनियाँ पर्यटक २ लाख बाट बढाएर ५ लाख पुर्याउने उद्देश्य रहे पनि त्यो लक्ष्य पुरा नहुने बताए । । चीनमा फैलिएको कोरोना भाईरसका कारण पर्यटकमा कमी आएपनि अन्य गन्तब्यबाट थप पर्यटक भित्र्याउने तयारीमा लागेको बैद्यले जानकारी दिए । ‘होटल खाली हुँदा पर्यटन व्यवसायी मात्रै नभएर सिंगो देशलाईनै नकरात्मक असर पुग्छ’, उनले भने, ‘होटल खाली हुँदा कृषक देखि ट्याक्सी ड्राइभरलाई समेत असर पुग्छ ।’

यस्तैै सबै होटलहरुमा क्लिनिक हुनु पर्ने कानून आईसकेकाले सबैले लागू गर्नुपर्ने, हरेक होटलमा सेवा सुविधा एकै किसिमको हुनुपर्ने, कर्मचारीको सुरक्षादेखि सबै प्रकृया पूरा गरेर मात्रै संचालन गर्नु पर्ने हानका द्धितिय उपाध्यक्ष प्रविन पाण्डेले बताए । नेपाल अहिलेसम्म उक्त भाईरसबाट सुरक्षित रहे पनि यसको सन्देश अन्तरराष्ट्रिय स्तरसम्म नपुगेकाले होटलहरुमा बुकिङ रद्द हुने सम्भावनालाई न्यूनीकरण गर्न समेत हान सचेत रहेको प्रथम उपाध्यक्ष बिनायक शाहले जानकारी दिए ।

साथै राष्ट्रिय पर्यटन उद्योगमा पर्न सक्ने नकारात्मक असरलाई न्यूनीकरण गर्न सरकार, होटल संघ, भ्रमण बर्ष सचिवालय, पर्यटन बोर्डलगायतका बिभिन्न सरोकारवाला निकायसँगको साथ र सहयोगसहित क्रियाशिल रहेकोसमेत हानले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL