Logo

यस वर्षको ‘मोष्ट पपुलर एयरलाइन्स’ अवार्ड नेपाल एयरलाइन्स र ‘एयरलाइन्स सिइओ अफ दि एयर’ अवार्ड खरेललाई

यस वर्षको ‘मोष्ट पपुलर एयरलाइन्स’ अवार्ड नेपाल एयरलाइन्स र ‘एयरलाइन्स सिइओ अफ दि एयर’ अवार्ड खरेललाई



काठमाडौं । नेपालको राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाइन्स यस वर्षको ‘मोष्ट पपुलर एयरलाइन्स’ अवार्ड बाट सम्मानित भएको छ । यसैगरी नेपाल एयरलाइन्सकै कार्यकारी अध्यक्ष मदन खरेल ‘एयरलाइन्स सिइओ अफ दि एयर’ अवार्डबाट सम्मानित भएका छन् ।

laxmi

काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा एयरलाइन्स क्रिटिक्स एण्ड ब्लगर्स एसोसियसनको ‘वल्र्डवाइड वेष्ट एयरलाइन्स डटकम’ ले अवार्ड घोषणा गरेको हो । एसोसियसनले एयरलाइन्स अडिटर्स, ब्लगर्स, विश्लेषक, यात्रु र उड्डयन क्षेत्रमा कलम चलाउने पत्रकारहरुको मतका आधारमा ‘मोष्ट पपुलर एयरलाइन्स’ अवार्डको घोषणा गर्दै आएको छ । यसमा यो वर्ष नेपाल एयरलाइन्सले बाजी मारेको हो ।

यस्तै एसोसियसनले नेतृत्व क्षमता, टीम ब्यवस्थाापन तथा एयरलाइन्सको लोकप्रियता तथा नेपाल एयरलाइन्सलाई लिडिङ एयरलाइन्स बनाउन गरेको मेहनतका आधारमा खरेललाई ‘एयरलाइन्स सिइओ अफ दि एयर’ अवार्डका लागि छनौट गरेको उल्लेख गरेको छ ।

अवार्ड समारोहमा अवार्ड ग्रहण गर्दै कार्यकारी अध्यक्ष खरेलले नेपाल एयरलाइन्सको सम्पूर्ण टिमको मेहनत र समपर्णले गर्दा नै आज यो अवार्ड प्राप्त भएको बताए । ‘कम्पनीले दिएको सेवा, प्यासेन्जरहरुलाई दिने सुबिधा अरुभन्दा फरक भएर काम गरेकाले नै यो सफलता पाएकोमा हाम्रो सम्पूर्ण टिमलाई धन्यबाद दिन चाहन्छु’, खरेलले भने ।

एसोसियसनले अवार्ड छनौटका लागि विभिन्न आधारहरु तय गरेको उल्लेख गरेको छ । जसमा उडान समयको निश्चितता, एयरलाइन्स कर्मचारीको बिमानस्थलको व्यवहार, यात्रुलाई बिमानस्थलमा प्रदान गरिने सेवा, फ्लाईटमा प्रदान गरिने सेव, खाना, मनोरञ्जन, सुरक्षा सरोकार, सीटमा यात्रुको सहजता, बिमानको सफाई तथा मर्मतसमेत आधारको रुपमा रहेको उल्लेख गरेको छ । एसोसियसनले प्रदान गर्दै आएको यस्तो अवार्ड पहिला थाइ एयर फिन एयरले प्राप्त गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL