Logo

निजी हवाईसेवा प्रदायकको अडान, ‘वृद्ध वृद्धालाई टिकटमा आधा छुट दिन सकिँदैन’

निजी हवाईसेवा प्रदायकको अडान, ‘वृद्ध वृद्धालाई टिकटमा आधा छुट दिन सकिँदैन’



काठमाडौं । सरकारले ल्याएको ७० बर्ष भन्दा माथीका नागरिकलाई आन्तरिक हवाई उडानमा दिने छुट अहिले नै दिन नसकिने हवाई सेवा कम्पनीहरुले जानकारी दिएको छ ।

नेपाल वायु सेवा निगमका प्रवक्ता गणेश बहादुर चन्दले सरकारी कार्यबिधि नआएसम्म उक्त छुट दिन नसकिने बताएका छन । जब सरकारी कार्यविधि तयार भएर आउँछ त्यस पछि मात्रै कार्ययोजना बनाएर छुटको विषयमा कुरा गर्ने बताए ।

निजी एयरलाईन्स कम्पनीहरुले भने अहिले ५० प्रतिशत भन्दा कम बिलोमा उडान गर्नु परिरहेको अवस्थामा उक्त छुट दिन नसकिने बताएका छन । बिना सल्लाह ल्याएको कार्ययोजनाले अहिलेनै कसरी छुट दिन सकिन्छ र एक ब्यवसायीले भने ।

हामीले अहिले हवाईभाडा १२ हजार रुपैयाँ पर्ने स्थानमा ५÷६ हजारमा उडान गर्नु परेको छ यस्तो अवस्थामा कसरी छुट दिन सकिन्छ उनको प्रश्न थियो । अब मन्त्री भट्टराईले कार्ययोजना ल्याए पछि हामी हवाई कम्पनी ब्यवसायीहरु मिलेर यसको छलफल गर्ने छौं त्यस पछि मात्रै के गर्ने भनेर भन्न सक्छौं ।

पर्यटन मन्त्री भट्टराईले भने गत सोमबार एक बर्षे कार्ययोजना प्रस्तुत गर्दै भ्रमणबर्षको अवसर पारी ७० वर्ष उमेर माथीका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानको हवाई भाडामा ५० प्रतिशत छुट दिने बताएका छन ।

सरकारले ल्याएको उक्त कार्ययोजनामा जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने विषयमा भने बुद्ध एयरका संचालक बिरेन्द्र बस्नेतले भने कुनै हालतमा छुट दिन नसकिने बताएका छन । मन्त्री भट्टराईले ल्याएको उक्त कार्ययोजना ब्यवसायीबीच छलफल नै नगरी ल्याएकाले कुनै हालतमा छुट दिन नसकिने हवाई कम्पनी ब्यवसायीहरुले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL