Logo

फस्ट एशियन रेजिलिएन्स समिट २०१९ काठमाडौंमा हुने, ४ विधामा अवार्ड वितरण

फस्ट एशियन रेजिलिएन्स समिट २०१९ काठमाडौंमा हुने, ४ विधामा अवार्ड वितरण



काठमाडौं । नेपालमै पहिलो पटक ‘फस्ट एशियन रेजिलिएन्स समिट २०१९’ हुने भएको छ ।
नेपालको पर्यटन क्षेत्रले भुकम्प पछि पुर्नस्थापना गरेका नमुना प्रस्तुत गरी विश्वभरीका पर्यटन विज्ञहरुसँग छलफल गर्ने भएको छ ।

laxmi

नेपाल पर्यटन बोर्ड, युएनडब्लुटिओ, पाटालगायतका संस्थासँगको सहकार्यमा शुक्रबार काठमाडौंको याकएण्डयती होटलमा हुने भएको हो । सो सम्मेलनले नेपालका विभिन्न आर्थिक, राजनैतिक, प्राकृतिकलगायतका कारणले भएका परिवर्तनहरुका माझ पुनस्थापना गर्न रणनितिबारे छलफल हुने आयोजकले जानकारी दिएको छ ।

यस अघि विभिन्न मुलुकमा गर्दै आएको सो ससमिट नेपालमा गर्न पाउँदा आफुलाई खुसी लागेको काउन्सिलका संस्थापक सदस्य तथा जेक्यावका निर्देशक डेनियला वाग्नरले बताएका छन ।

त्यस्तै बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले भने नेपालको पर्यटन क्षेत्रलाई उथ्थान गर्न नीजि क्षत्रलाई जोड दिएका छन । शुक्रबार हुने सो सम्मेलनमा आईआईपिटी अवार्ड समेत प्रदान गर्ने भएको छ ।

काउन्सिलले वितरण गर्ने सो अवार्ड ४ विधामा हुने जोसीले जानकारी दिएका छन । रेजिलिएन्स टुरिजम कम्युनिटी, रेजिलिएन्स टुरिजम विजनेस, चेन्जमेकर ईन टुरिजम र रेजिलिएन्स ईफोर्टस थ्रु कल्चरल डाईभरसिटि अवार्ड रहेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डय मन्त्रालयका सचिव मोहोनकृष्ण सापकोटाले भने उक्त अवाड वितरणले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL