Logo

सोमबारदेखी बुद्ध एयरको कोलाकाता उडान, दुई तर्फि भाडा २२ हजार

सोमबारदेखी बुद्ध एयरको कोलाकाता उडान, दुई तर्फि भाडा २२ हजार



काठमाडौं । आन्तरिक उडानमा प्रभुत्व जमाउँदै आएका बुद्ध एयरले सोमबार देखी काठमाडौं–कोलाकाता उडान गर्ने भएको छ ।

केही समय अगाडीनै उडान सुरु गर्ने बताएको एयरले भारतमा भएको लोकसभाको चुनाबले गर्दा स्थगित गरिएको थियो । चुनाब सकिए लगतै सोमबारबाट उडान सुरु गर्ने गरि सबै तयारी भएको बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्र बस्नेतले जानकारी दिएका छन ।

कम्पनीका अनुसार सुरुमा साताको ३ उडान हुनेछन् । सोमबार पूर्ण अक्कुपेन्सीमा उडाउने तयारी भईरहेको समेत कम्पनीले जानकारी दिएको छ । काठमाडौंबाट विहान ८ बजे उडने सो जहाजले १ घन्टा ३० मिनेट उडान दुरीमा कलकत्ता पुग्ने छ ।

काठमाडौं–कोलाकाता एटिआर ७२ जहाज मार्फत उडान गर्ने तयारी गरेको छ । बस्नेतका अनुसार कोलकातामा सोमबार, बुधबार र शुक्रबार हप्तामा ३ दिन उडान हुनेछन् । काठमाडौं–कोलाकाता दुईतर्फि भाडादर भने २२ हजार रुपैयाँ रहेको समेत बस्नेतले जानकारी दिएका छन ।

त्यस्तै बुद्धले बनारस र कोलकातापछि तेस्रो गन्तब्यको रुपमा गुवाहाटी समेत उडान गर्ने भएको छ । उक्त गन्तव्यको लागि भारतबाट सैद्धान्तिक सहमति समेत दिइसकेको प्रवन्ध निर्देशक बस्नेतले जानकारी दिएका छन ।

भारतबाट औपचारिक सहमती आइसकेपछि दुई महिनाभित्र व्यवसायिक उडान थाल्ने कम्पनीले जानकारी दिएको छ । कोलकाता र गुवाहिटी दुबै गन्तव्यमा पर्यटकलाई प्राथमिकता दिएर उडान गर्ने कम्पनीले तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL