Logo

संचालनमा आयो होटल पञ्चबुद्ध, यस्ता छन विशेषता

संचालनमा आयो होटल पञ्चबुद्ध, यस्ता छन विशेषता



काठमाडौं । काठमाडौंको पकनाजोलमा होटल पञ्चबुद्ध संचालनमा आएको छ ।

भ्रमण बर्ष नजिकिँदै गर्दा नेपालमा साना ठूला होटल खुल्ने क्रम बढेसँगै पकनाजोलमा उक्त होटल संचालनमा आएको हो । २ करोड रुपैयाँ लगानीमा उक्त होटल संचालनमा ल्याएको संचालक सागर बुद्ध मानन्धरले जानकारी दिएका छन ।

उनका अुनसार होटलमा तत्काललाई ब्रेकफास्ट, लञ्च तथा डिनरको सुविधा रहेको छ भने १८ ओठा सुविधा सम्पन्न कोठा समेत रहेको छ । निकट भविश्यमानै रेष्टुँरा समेत संचालनमा ल्याउने तयारी भईरहेको मानन्धरले जानकारी दिएका छन ।

भ्रमण बर्ष नजिकिँदै गर्दा काठमाडौंमा होटल खुल्ने क्रम बढ्दै गईरहेको र यसले भिजिट नेपाल २०२० लाई सहयोग पुग्ने होटल ब्यवसायीहरुको भनाई रहेको छ ।

सरकारले भिजिट २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष अनुसार नयाँहोटलहरु आउनु स्वागत योग्य रहेको होटल एशोसिएशन अफ नेपाल (हान) ले जानकारी दिएको छ ।

हानका अनुसार नेपालमा साना–ठूला होटल, गेष्ट हाउस, लज र घरबास ‘होमस्टे’ गरी १० हजारभन्दा बढी सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL