Logo

९८ होमस्टे मध्ये १३ लाई प्रदेश सरकारको अनुदान, भ्रमण बर्ष सफल बनाउन पुग्ला त सहयोग

९८ होमस्टे मध्ये १३ लाई प्रदेश सरकारको अनुदान, भ्रमण बर्ष सफल बनाउन पुग्ला त सहयोग



काठमाडौं । सरकारले होमस्टे प्रवद्र्धनका लागि अनुदान उपलब्ध गराउने भएको छ । ३ नम्बर प्रदेश सरकारले घरवास (होमस्टे) कार्यक्रमलाई प्रवद्र्धन गर्न अनुदान दिने भएको हो ।

पर्यटन विभागको तथ्याङक अनुसार नेपालमा १ सय ६ वटा होमस्टे दर्ता भएर संचालन आएका छन् । जसमध्ये ३ नम्बर प्रदेशमा ९८ वटा होमस्टे विभागमा दर्ता भएर संचालनमा आएका छन् । सोहीमध्येबाट १३ वटा होमस्टेलाई अनुदान दिन लागिएको हो ।

सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याई ठूला, साना होटलमा राख्ने तथा होमस्टेमा राख्ने नीति अनुरुप घरबास कार्यक्रमलाई प्रवद्र्धन गर्नकै लागि प्रदेश सरकारले अनुदान रकम वितरण गर्न लागेको हो ।

प्रदेश सरकारले प्रदेश भित्र संचालित ९८ होमस्टे मध्ये १३ ओटा मात्रै सामुदायिक होमस्टेलाई ३ लाख रुपैयाँका दरले अनुदान दिन लागेको प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्री अरुण नेपालले जानकारी दिएका छन ।

उनका अनुसार नेपाल सरकारले घोषणा गरेको भ्रमण बर्षलाई टेवा पुर्याउने उद्देश्यले पर्यटन शिर्षकका रकम उक्त १३ ओटा होमस्टेलाई ब्यवस्थीत बनाउन उक्त अनुदान दिन लागेको हो ।
प्रदेश सरकारले आईतबार १० दिने सूचना प्रकाशित गरि घरवास सञ्चालन गरिरहेको प्रमाण सहित उपस्थित हुन समेत संचालकहरुलाई आग्रह गरेको छ ।

विभागमा १ सय ६ ओटा मात्रै होमस्टे दर्ता भएर संचालन भए पनि गाँउ पर्यटन प्रवद्र्धन विकास मञ्च नेपाल (भिटोफ) का अनुसार नेपालमा १ हजार ७ सय ३७ होमस्टे संचालनमा रहेका छन । भ्रमण बर्ष नजिकिँदै गर्दा घरवास कार्यक्रमलाई ब्यवस्थित बनाउन प्रदेश सरकारहरु लागि परेका छन ।

पर्यटकलाई घरमा जस्तै खाना खुवाउने, घरयासी बातवरणमा मनोरोञ्जन दिने उद्देश्यले नेपालका बिभिन्न क्षेत्रमा घरवास कार्यक्रम संचालन हुँदै आएको छ । जसलाई भिटोफले सहजिकरण गर्दै आईरहेको छ ।

भिटोफको तथ्याङक अनुसार १७ सय ३७ होमस्टे भए पनि उक्त होमस्टेको जम्मा कोठा संख्या भने १२ सय ४४ मात्रै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL