Logo

बिराटनगर विमानस्थलको मुआब्जा २२ प्रतिशत वितरण, ७० सिट क्षमताका विमानले अन्तरराष्ट्रिय उडान भर्ने

बिराटनगर विमानस्थलको मुआब्जा २२ प्रतिशत वितरण, ७० सिट क्षमताका विमानले अन्तरराष्ट्रिय उडान भर्ने



काठमाडौं । बिराटनगर विमानस्थलले २२ प्रतिशत जग्गा अधिग्रहण गरी त्यसको मुआब्जा वितरण गरेको छ ।

सो विमानस्थल निर्माणका लागि कुल ७१ जनाको जग्गा अधिग्रहण गरिएको थियो । जसमध्ये ५९ जनाले मुहाब्जको लागि निवेदन दिए थिए । हालसम्म कुल मुआब्जाको २२ प्रतिशत रकम वितरण गरिएको विराटनगर विमानस्थलका निर्देशक टेकनाथ सिटौलाले बिजखबरलाई जानकारी दिएको छ ।

विमानस्थल स्तरोन्नतीका लागि ४ विगाहा ८ गठ्ठा ७ घुर जग्गा लिएको थियो । जसमा २६ घरघुरी रहेको थियो । सो जग्गा र घरका लागि विमानस्थलले कुल ७० करोड रुपैयाँ मुआब्जा दिने निर्णय गरेको थियो । जसमध्ये हालसम्म २२ प्रतिशत अर्थात करिब १८ करोड रुपैयाँ वितरण गरिएको समेत सिटौललो जानकारी दिए ।

सिटौलाको अनुसार आवेदन दिनेमध्ये सबैलाई चालू आर्थिक बर्षको अन्त्य सम्ममा मुआब्जा वितरण गरिने भएको छ । आवेदन नदिएका थप १२ जनाको भने आन्तरिक किचलो तथा मुद्दामामिलाका कारण अड्किएको उनको भनाइ थियो । तर, विमानस्थलले तोकिएककै समयमा विमानस्थल स्तरोउन्नतीको काम सम्पन्न गर्ने समेत सिटौलाले जानकारी दिए ।

हाल नियमित काम अनुसारनै एयरर्पोट भित्र रनवे, ट्याक्सी वे तथा गाडी पार्किङमा समेत पीच भैसकेकोे छ । आन्तरिक क्षेत्रीय विमानस्थल विराटनगरको १ हजार ५ सय मिटर रनवेबाट ७० सिट क्षमताका एटीआर विमानहरुले अन्तरराष्ट्रिय उडान भर्न सक्ने समेत सिटौलाले जानकारी दिए । तर यसका लागि सरकारले अनुमति दिनु पर्ने छ ।

सो विमानस्थलबाट पहिला बुद्ध एयरले समेत अन्तरराष्ट्रिय उडान गरेको जानकाररी दिँदै ७० सिट क्षमताका जहाजले सहज रुपमा उडान भर्न सक्ने उनको दावी थियो । तर, सो सिट क्षमताभन्दा माथीका जहाजका लागि २ हजार ४ सय मिटर वा ३ हजार मिटरको रनवे चाहिनेछ ।

हाल नेपाल नागरिक उड्डयन प्राधिकरणले सो विभानस्थालको रनवे २ हजार ४ सय मिटरको बनाउनका लागि पनि अध्ययन गरी गुरुयोजनामा समावेस गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL