Logo

निगमको ‘एयरबस’ काठमाडौंमा, अर्को जहाज २ महिनापछि आउने

निगमको ‘एयरबस’ काठमाडौंमा, अर्को जहाज २ महिनापछि आउने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२५ माघ काठमाडौं । नेपाल वायुसेवा निगमको नयाँ विमान काठमाडौंमा आइपुगेको छ । निगमले फ्रान्सेली जहाज निर्माता कम्पनी एयरबसले निर्माण गरेको विमानलाई त्रिभुवन विमानस्थलमा भब्य स्वागत गरी भित्र्याएको हो । निगमले आइतबार २५ वर्ष पछि अन्तराष्ट्रिय उडानका लागि सगरमाथा लेखिएको राष्ट्रिय ध्वजाबाहक जहाज ल्याएको हो ।

निगमल ए ३२०–२०० सिरिजको १ सय ५८ सिट क्षमताकोे जहाज ल्याएको हो । एयरबसको नयाँ जहाजमा १ सय ५० इकोनोमी र ८ सिट बिजनेस क्लासका रहेको छ । उक्त जहाजल भारतको मुम्बइ, बैंगलोर र दिल्लीमा उडान गर्नेछ । त्यस्तै, चीनको ग्वाङझाओमा पनि सेवा विस्तार गरिने निगमले जानकारी दिएको छ ।

जहाजको स्वागत पञ्चकन्याले गरेका थिए भने पण्डितले स्वस्ती बाचन गरेका थिए । निगम व्यवस्थापनले २ वटा जहान किन्नका लागि २०७० वैशाखमा बैना स्वरुप ५ लान अमेरिकी डलर एयरबसलाई पठाएको थियो । एउटा जहाजको मुल्य ७ अर्व भन्दा बढी रहेको छ । आगामी २ महिना भित्र अर्को जहान पनि आइपुग्ने निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL